टाटाको सबैभन्दा सस्तो माइक्रो एसयूभी अटोमेटिक गियरबक्समा पनि आउने

काठमाडौं । आक्रमक बजार विस्तारमा लागेको टाटा मोटर्सले यहि वर्ष आफ्नो पहिलो माइक्रो एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् ।

परिक्षणको क्रममा देखिएको एचबीएक्सको इन्टेरियरले यसमा एएमटी गियरबक्स पनि उपलब्ध हुने देखाएको हो । गतवर्षको अटो एक्स्पो २०२० मा टाटाले म्यानुअल गियरवक्समा मात्रै यसलाई देखाएको थियो । परिक्षणको क्रममा देखिएको तस्विरमा टाटा कै टियागो, टिगोर तथा अल्ट्रोजको ड्यासबोर्डको समिश्रणमा एचबीएक्स तयार भएको देखिन्छ ।

यसमा फ्ल्याट बटम स्टेरिङ्ग ह्वील, सुइच गियर इन्टिुमेन्ट क्लस्टर, एचभीएसी कन्ट्रोल तथा ७ इन्चको फ्लोटिङ्ग टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम देख्न सकिन्छ । नयाँ माइक्रो एसयूभी टाटाको अल्फा प्ल्याटफर्ममा निर्माण भइरहेको छ । जसमा स्पेसियस क्याविनको साथै ९० डिग्रीमा खोलिने ढोकाहरु पाउन सकिन्छ ।

टाटाको यो माइक्रो एसयूभीमा १.२ लिटरको थ्रि सिलिण्डरको नेचुरल्ल एस्पायर्ड पेट्रोल इन्जिन दिइने छ । जसले अधिकतम ८६ हर्सपावर प्रदान गर्ने छ । यो कारमा ५ स्पीडको म्यानुअल तथा एएमटी गियरवक्स रहने छ ।

यो एसयूभी टाटा मोटर्सको सफल कम्प्याक्ट एसयूभी नेक्सनभन्दा कम मूल्यमा बजारमा आउने छ । यसको सिधा प्रतिस्पर्धा मारुतीको इग्नीस, महिन्द्रा केयूभी १०० तथा हुन्डाईले ल्याउदै गरेको माइक्रो एसयूभी एएक्ससँग हुने अनुमान गरिएको छ ।


Back_to_top