‘प्योर ईभी प्लेटफर्म’मा टाटा पन्च, एड्भान्स फिचर रहने

काठमाडौं । टाटा मोटर्सले आफ्नो प्योर ईभी आर्किटेक्चर ‘एक्टी ईभी’ सार्वजनिक गरेको छ । चलनचल्तीको भाषामा एम्टीभ भनिने प्लेटफर्ममा आधारित पहिलो मोडल पन्च हुने भएको हो ।

साथै, कम्पनीले सन् २०२४/२५ मा ल्याउने कर्भ ईभी, सिरिया ईभी र ह्यारीय ईभी पनि यहि नयाँ ‘एक्टी ईभी’ प्ल्याटफर्ममा ल्याउने छ । यो प्लेटफर्म टाटाले यसअघि घोषणा गरेको ‘प्रिमियम प्योर ईभी आर्किटेक्चर’भन्दा फरक हो ।

‘एक्टी ईभी’को ब्याट्री तथा मोटर

टाटाका अनुसार एक्टी ईभी आर्किटेक्चरले सिलिण्ड्रीकल र प्रिस्म्याटीक जस्ता फरक सेपको ब्याट्री प्रयोग गर्ने क्षमता राख्छ । यसमा अहिले सबैभन्दा धेरै मात्रामा प्रयोग भएको एलएफपी ब्याट्री समेत प्रयोग गर्न सकिन्छ ।

यसमा प्रयोग हुने ब्याट्रीले ३ सयदेखि ६ सय किलोमिटरसम्म रेन्ज दिन्छ । यसले ११ किलोवाटसम्मको एसी र १५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्नेछ ।

एक्ट ईभी आर्किटेक्चरमा फ्रन्ट ह्वील र रियर ह्वील तथा फोर ह्वील सबै ड्राइभ सिस्टम दिन सकिन्छ । यसमा ४०० भोल्ट आर्किटेक्चर प्रयोग हुनेछ । जसले पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनियास तथा इन्डक्सन दुबै टेक्नलोजीको मोटर सपोर्ट गर्नेछ । यसको पावर ८० देखि २३० हर्सपावरसम्म हुने टाटा मोटर्सले जानकारी दिएको छ ।

एक्टी ईभीको च्यासीस र इलेक्ट्रीक आर्किटेक्चर

टाटाले नयाँ आर्किटेक्चर ५ स्टार क्रयास टेस्टलाई ध्यानमा राखेर बनाइएको हो । यसको क्रयास स्ट्रक्चरको डिजाइन ब्याट्रीको सुरक्षा, पोल इम्प्याक टेस्ट, इलेक्ट्रीक सेफ्टी जस्ता विषयलाई ध्यानमा राखेर ‘अल्ट्रा हाई स्टे«न्थ स्टील’ प्रयोग हुनेछ ।

यसको इलेक्ट्रीक आर्किटेक्चरमा फाइभजी इनएवल सिस्टम रहने छ । जसलाई ‘ओभर द एयर क्लाउड कम्प्यूटीङ’ मार्फत अपडेट गर्न सकिन्छ । यसको डिजिटल ककपिट एक्सपिरीयन्सलाई क्वालकमको स्न्यापड्रागन प्रोसेसर जस्ता चीपहरुले अझ राम्रो बनाउने छ ।

यो प्लेटफर्ममा बन्ने ईभीहरु तत्काल लेभल २ अटोनोमस र भविष्यमा लेभल २ प्लस अटोनोमस ड्राइभिङ टेक्नलोजीमा आधारित हुनेछ ।


Back_to_top