नयाँ वर्षमा ६ नयाँ कार लन्च गर्दै टाटा मोटर्स

टाटा मोटर्सले यो वर्ष आधा दर्जन नयाँ कार बजारमा उतार्दैै छ । गएका केही वर्षदेखि आक्रामक रुपमा बजार विस्तार गरिरहेको टाटा मोटर्सले हेभि गाडीको जस्तै चार पाँग्रे पेसेन्जर कारको पनि बजार कब्जा गर्ने लक्ष लिएको छ । टाटा मोटर्सले प्रिमियम ह्याचव्याकदेखि ठूला तथा साना साईजका एसयूभी तथा इलेक्टिक कारहरु यस वर्ष बजारमा उतार्ने जनाएको छ ।

टाटा मोटर्सले जागुवार ल्याण्ड रोभरसँग मिलेर साना सवारी (३.७ मिटर देखि ४.२ मिटर लम्बाई) का लागि अल्फा आर्किटेक्चर तथा ठूला सवारी (४.५ मिटर माथि) का लागि ओमेगा आर्किटेक्चर प्ल्याटफर्मको विकास गरेसँगै टाटाका हालका मोडलहरुलाई बजारले सकारात्मक प्रतिक्रिया दिइरहेको छ । अझ भारतमा निर्मित कारहरुमध्ये पहिलो पटक एनक्याप रेटिडमा फाईभ स्टार रेटिड टाटा नेक्सनले पाएसँगै टाटाका कारहरुमा ग्राहकको विश्वास बढेको छ ।

१. टाटा अल्ट्रोज


गत वर्षको जेनेभा मोटर शोमा पहिलो पटक देखाइएको टाटाको पहिलो प्रिमियम ह्याचव्याक कार टाटा अल्ट्रोज टाटाको पहिलो यस वर्षको लन्च हुनेछ । पेट्रोल, डिजेल तथा इलेक्टिक भर्सनमा समेत आउने अनुमान गरिएको अटोज जनवरीको २२ तारिकमा भारतमा लन्च हुँदैछ । ६ स्पिडको गियर बक्स रहने यो कार मारुती सुजुकीको बलेनो र हुन्डाईको आई २० सँग प्रतिस्पर्धा गर्नेछ । टिजरहरुमा देखाइए अनुसार यो कार सेग्मैटमै पहिलो स्मार्ट कनेक्टिभिटी फिचर सहित आउनेछ । जसमा टक टु टाटा अल्ट्रोज को कमान्ड दिएर इन्टरयाक्सन समेत गर्न सकिने छ ।

२. टाटा नेक्सन इभी


टाटा मोटर्सले भारतको पहिलो सबफोर मिटरको पहिलो इलेक्टिक इभी हालै देखाएको छ । यसको लन्चिङ आगामी महिना हुन लागेको दिल्ली अटो शोमा हुने अनुमान गरिएको छ । टाटाले विकास गरेको इलेक्ट्रिक जीपट्रोन टेक्नलोजी प्रयोग हुने यो इभीको मोटरले १२९ वीएचपी पावर तथा २४५ एनएम टर्क प्रदान गर्नेछ । टाटाका अनुसार यो इभीले एक पटकको फूल चार्जमा ३०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने छ ।

३. टाटा ग्राभिटास


नेपालमा गत अटो शोमा लन्च भएको टाटा एचफाईको सात सिटर भर्सन हो ग्राभिटास । यो गाडी पनि एच फाईभको जस्तै आमेगा आर्क प्ल्याटफर्ममा निर्माण भएको छ । यो गाडी एचफाईभ भन्दा केही लामो हुने तथा प्यासेन्जरको लागि तेस्रो–रो पनि हुनेछ जसको कारण यो गाडीमा ७ जना सजिलै यात्रा गर्न सक्नेछन् । एचफाईभमा प्रयोग भएको जस्तै २ लिटरको इन्जिन रहेता पनि यो इन्जिनलाई केही सुधारेर १७० बीएचपी पावर दिने बनाएको छ । टाटाको ग्राभिटास म्यानुअलका साथै अटोमेटिक गियरबक्सका साथै अझ बढी फिचर प्याकका साथ आउनेछ ।

४. टाटा नेक्सन फेसलीफ्ट


टाटाको सबभन्दा सक्सेलफुल सब–फोर मिटरको टाटा नेक्सनको यस वर्ष फेसलीफ्ट हुने भएको छ । टेस्टिङको क्रममा देखिए अनुसार यो हालको नेक्सन जस्तै देखिएता पनि हेडलाइटमा व्यापक परिवर्तन गरिएको छ । अनुमान गरिए अनुसार नयाँ नेक्सनमा टाटाको एचफाईभको जस्तै स्पिल्ट हेडल्याम्प रहनेछ । क्याविनमा पनि केही सुधारहरु देखिनेछ भने भारतको नयाँ इमिसन मापदण्ड अनुसार यो कारको इन्जिन बीएस ६ अनुसार रहेने छ ।

५. टाटा टियागो फेसलीफ्ट


ह्याचव्याक सेग्मेन्टमा आफ्नो राम्र्रो उपस्थिती जनाउन सफल टाटा टियागोमा पनि यसै वर्ष व्यापक परिवर्तन हुने भएको छ । भारतीय सडकमा टेस्टीङको क्रममा देखिए अनुसार यसमा टाटाले लन्च गर्दै रहेको प्रिमियम ह्याचव्याक अटोजको जस्तै बाहिरी आवरण हुने छ । यसको हेडलाईट केही ठूलो आकारको साथै अगाडिको ग्रिल सिल्क भएसँगै यसको सौन्दर्यमा सुधार हुनेछ । इन्जिनको स्पेसीफीकेसनमा केही परिवर्तन नहुने जनाइए पनि यसको इन्टेरियरमा भने पक्कै केही अपडेट हुने नै छ ।

६. टाटा टिगोर फेसलीफ्ट


टाटाको टियागोमा जस्तै टाटा टिगोरमा पनि समानान्तर परिवर्तन हुने अनुमान गरिएको छ । कम्प्याक सेडान सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति जनाएको टिगोरमा पनि बाहिरी आवरण तथा इन्टेरियरमा सुधार हुने अनुमान लगाउन सकिन्छ ।


Back_to_top