ठूलो इलेक्ट्रीक एसयूभीमा खेल परिवर्तन गर्दै टाटा, अर्को साता बजारमा आउने

काठमाडौं । ठूला साइजको इलेक्ट्रीक एसयूभीमा टाटा मोटर्स प्रवेश गर्ने भएको छ । अहिलेसम्म साना र कम मूल्यका विद्युतीय कार उपलब्ध गराएर ग्राहक तान्दै आएको टाटा मोटर्सले ह्यारीयर ईभी बजारमा उतार्ने भएको हो ।

जुन ३ तारिखमा कम्पनीले ह्यारीयर ईभी बिक्री सुरू गर्दैछ । आगामी साताबाट बजारमा आउने ह्यारीयर ईभीको ब्याट्री पावर, मोटर साइज र रेन्जको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

भारतका विभिन्न सहरमा परीक्षणको क्रममा देखिएको ह्यारीयर ईभी साँच्चै ठूलो साइजको इलेक्ट्रीक एसयूभीको रूपमा मानक बन्न सक्छ । नेपालको हकमा त टाटाको ह्यारीयर ईभी सबैभन्दा ठूलो मोडलको रूपमा उपलब्ध हुनेछ ।

बीएमडब्लू आईएक्स-थ्री छाडेर अन्य ठूला एसयूभी बजारमा छैनन् । त्यस्तोमा टाटा ह्यारीयर ईभीले बजारमा अलगै पहिचान निर्माण गर्ने अनुमान लगाउन सकिन्छ ।

अझ रोचक कुरा के छ भने टाटाले ह्यारीयर ईभीलाई फोर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा उतार्नेछ । अहिलेसम्म नेपालमा फोर ह्वील ड्राइभ इलेक्ट्रीक एसयूभी उपलब्ध भएकै छैन । त्यसैले पनि टाटा ह्यारीयर हाम्रो बजारको लागि बहुप्रतिक्षित मोडल हुनसक्छ ।

टाटाले आफ्नो ‘एक्टी डट ईभी’को सेकेन्ड जेनेरेशन ईभी आर्किटेक्चरमा आधारीत रहेर यसलाई बनाएको हो । अगाडि क्लोजअफ ग्रिल, स्प्लीट हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, सिल्भर फिनिसिङसहितको ग्रिल, नयाँ डिजाइनको बम्पर र नयाँ ईभी प्रेरित अलोय ह्वील दिइएको देखिन्छ ।

कम्पनीले बाहिरी बनोटमा बल्की एसयूभी बनाउन कुनै कसर बाँकी राखेको छैन । एसयूभीको भित्र पनि मोर्डन र प्रिमियम फिचरले भरेको अनुमान गर्न सकिन्छ । यसअघि नै पेट्रोल भर्सनमा पनि थुप्रै लग्जरी फिचर दिएको ह्यारीयरको क्याबिनमा १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, जेबीएलको १० स्पीकर, भ्यान्टिलेटेड सिट, इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, ठूलो प्यानारोमिक सनरुफ, ड्युल जोन एसी पाउन सकिन्छ ।

टाटा मोटर्सले ह्यारीयर ईभीमा भेहिकल टु भेहिकल र भेहिकल टु लोड सुविधा दिएको छ । यसका अलावा सुरक्षाका लागि एडास लेभल टु दिइएको छ । कम्पनीले अहिलेसम्म मोटर साइज बारे जानकारी दिएको छैन । तर, यसको पीकटर्क ५०० न्युटन मिटर रहने बताइएको छ ।

कम्पनीले जानकारी नदिए पनि यसमा ६० देखि ७० किलोवाट आवरको ब्याट्री रहने छ । यसको सबै जानकारीको लागि भने जुन ३ सम्म कुर्नुपर्ने हुन्छ ।


Back_to_top