जुपीटर अब १२५ सीसीमा, नेपालमा नयाँ भर्सन बिक्री सुरू हुँदै

काठमाडौं । टीभीएस मोटर्सले भारतमा १२५ सीसी सेग्मेन्टमा नयाँ जुपिटर स्कुटर ल्याउने भएको छ ।

कम्पनीले आफ्नो आधिकारिक सोशल मिडियामा नयाँ जुपिटर १२५ स्कुटरको सानो टिजर र फोटो सार्वजनिक गर्दै नयाँ स्कुटर आउन लागेको जानकारी दिएको हो ।

भारतीय बजारमा जुपिटर स्कुटर होन्डा एक्टिभापछि दोस्रो धेरै बिक्रि हुने मोडल हो ।

हाल बजारमा टीभीएस जुपिटर ११० सीसी इन्जिन क्षमतामा उपलब्ध छ । अब भने कम्पनीले यसलाई नयाँ १२५ सीसी इन्जिन दिएर बजारमा उतार्ने तयारी थालेको हो ।

फोटो र भिडियोमा स्कुटरको बारे धेरै कुरा देखाइएको छैन । यसको डिजाइन हल्का ११० सीसीको जस्तै देखिन्छ ।

नयाँ जुपिटरमा एलइडी डिआरएल, एलइडी टर्न इन्डिकेटर, एलइडी टेल लाइट, सिंगल पिस सिट, रियर पिलियन ग्रयाब रेल, डिस्क ब्रेक, ट्युबलेस टायर, अलोय ह्वील, ठुलो आकारको अन्डर सिट स्टोरेज पाउन सकिन्छ ।

साथै टीएफटी डिस्प्ले, कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, टीभीएसको आइजीओ असिस्ट र सीभीटी टेक्नोलोजी समेत यस स्कुटरमा हुनेछ ।

१२५ सीसीको सिंगल सिलिन्डर बीएस ६ एफआई इन्जिनमा उपलब्ध हुने यस स्कुटरले अधिकतम ८.४४ ब्रेक हर्स पावर र ११.१ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटर छिट्टै भारतीय बजारमा सार्वजनिक हुनेछ ।

नेपाली बजारमा भने जुपीटर ११० सार्वजनिक गर्ने तयारी भइरहेको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले जुपिटर ११० सफल परिक्षण गरिसकेको छ । यसको छिट्टै बिक्री सुरू हुने कम्पनीले जनाएको छ ।


Back_to_top