टाटाका दुई मोडलमा ग्राहकको उच्च आकर्षण, कुन कति बिके ?

काठमाडौं । सन् २०२६ को जनवरीमा टाटा मोटर्सको प्यासेन्जर कार बिक्रीमा उछाल आएको छ । टाटाले यो वर्ष पहिलो दुई महिनामै १ लाख ३२ हजार ५५१ युनिट कार बिक्री गर्न सफल भएको हो ।

टाटाले जनवरीमा कुल ७० हजार २२२ र फेब्रुअरीमा ६२ हजार ३२९ युनिट कार बिक्री गरेको हो । टाटाले हाल बजारमा ९ मोडलका कार उपलब्ध गराएको छ । जसमा ३ मोडल आइस मात्र र ६ मोडल ईभी/आइस दुवै भर्सनमा उपलब्ध गराएको छ ।

फेब्रुअरीको बिक्री तथ्यांक अनुसार टाटाका कार मध्ये सर्वाधिक रोजाइमा नेक्सन देखिएको छ । ईभी र आइस दुवै भर्सनमा उपलब्ध नेक्सन एक महिनामै १९ हजार ४३० युनिट बिक्री भएको छ । गत वर्षको सोही अवधिको तुलनामा नेक्सनको बिक्री २७ प्रतिशतले बढेको छ ।

फेब्रुअरीमा दोस्रो धेरै पन्च एसयूभी बिक्री भएको छ । दुवै भर्सनमा उपलब्ध पन्च १ महिनामा १८ हजार ७४८ युनिट बिक्री भएको छ । कम्पनीले हालै पन्चको फेसलिफ्ट मोडल बजारमा ल्याएसँगै यसले ग्राहक तानिरहेको छ ।

त्यसैगरी, फेब्रुअरीमा सियरा ७ हजार १०० युनिट, टियागो ७ हजार ४० युनिट, ह्यारीयर ३ हजार ०९६ युनिट, अल्ट्रोज २ हजार ६३ युनिट, कर्भ १ हजार ७५५ युनिट, सफारी १ हजार ६५० युनिट र टिगोर १ हजार ४४७ युनिट बिक्री भएको छ ।

टाटाका ९ मोडल मध्ये नेपालमा ७ मोडलका कार बिक्री हुँदै आएका छन् । सियरा र ह्यारीयर दुई मोडल मात्र उपलब्ध छैनन् ।


Back_to_top