बिभिन्न अफरका साथ सुरु भयो टाटा मोटर्स कार मेला सिजन ६

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको नक्साल बैङ्केटमा शुक्रबारदेखि टाटा मोटर्स कार मेला सिजन ६ सुरु भएको छ ।

कम्पनीले मेलाबाट हरेक वर्ष  आफ्ना ग्राहकबाट धेरै भन्दा धेरै उत्साहजनक उपस्थिती तथा प्रतिक्रियाहरु पाइरहेकाले मेलाका लागि उत्साह थपिएको जनाएको छ ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको सिप्रदीले जानकारी दिएको छ ।

उक्त मेला अवधिभर बुकिंग गर्दा गोला प्रथा मार्फत ग्राहकहरुले निम्न लिखित सेवाहरु पाउने कम्पनीले बताएको छ । जसमा १ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सभिसिङ्ग, ३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ जना लाई ६ महिना को निःशुल्क इन्धन जस्ता थुप्रै पुरस्कारहरु जित्न सक्नेछन् ।

त्यस्तै फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल दिइने सिप्रदीले जानकारी दिएको छ । प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेजमा र भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत वासिंग कुपन १ जना लाई वा फुल ट्यांक इन्धन १ जना लाई कम्पनीले दिने छ ।

तिन दिन सम्म चल्ने यो मेला दिउँसो ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने छ । कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।


Back_to_top