काठमाडौं । महिन्द्राको पछिल्लो कम्प्याक्ट एसयूभी थ्रीएक्सओ नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरिएको थियो । कम्पनीले त्यति बेला नै बुकिङ खुला गरेको एसयूभी अब भने बिक्रीको लागि उपलब्ध गराएको हो ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले थ्रीएक्सओ मोडलको दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा एउटा भेरियन्ट म्यानुअल गियरबक्समा छ भने अर्को भेरियन्ट अटोमेटिक गियरबक्समा ल्याएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार एक्सयूभी थ्रीएक्सओ एमएक्स २ म्यानुअल, एमएक्स २ अटोमेटिक, एमएक्स थ्री म्यानुअल र एएक्स फाइभ भेरियन्ट उपलब्ध गराएको हो ।
एक्सयूभी थ्रीएक्सओको म्यानुअल भेरियन्ट एमएक्स टु सबैभन्दा सस्तो छ । यसको ४८ लाख रुपैयाँ तोकिएको छ । यसको अटोमेटिक भेरियन्ट किन्नेले ५५ लाख रुपैयाँ तिर्नुपर्छ ।
त्यसैगरी, एमएक्स थ्री भेरियन्टको मूल्य ५० लाख ५७ हजार रुपैयाँ छ भने एएक्स फाइभ भेरियन्टको मूल्य ५७ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

मासिक कति पर्छ किस्ता ?
अहिले बैंक तथा वित्तिय संस्थाले एकदमै कम ब्याजदरमा कर्जा सेवा उपलब्ध गराउँदै आएका छन् । यस हिसाबले महिन्द्रा थ्रीएक्सओको बेस भेरियन्ट किन्दा कति मासिक किस्ता तिर्नु पनर्छ भनेर हामीले यहाँ चर्चा गरेका छौं ।
थ्रीएक्सओको बेस भेरियन्टको मूल्य ४८ लाख रुपैयाँ छ । त्यसको ४० प्रतिशतले हुन आउने १९ लाख २० हजार रुपैयाँ डाउन पेमेन्ट बापत खरिदकर्ताले सुरूमै तिर्नु पर्ने हुन्छ । बाँकी रकम २८ लाख ८० हजार रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।
औसतमा परिवर्तन नहुने गरी नै ७ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाइन्छ । यस्तोमा ७ वर्षसम्म मासिक रूपमा ४३ हजार ४६६ रुपैयाँ किस्ता तिर्नेगरी थ्रीएक्सओ घर लान सकिन्छ ।
बेस भेरियन्टकै आधारमा टप भेरियन्ट किन्ने हो भने झण्डै ९ बजार बढी किस्ता तिर्नुपर्ने हुन्छ । ५७ लाख ६५ हजार पर्ने टप भेरियन्ट किन्नेले मासिक ५२ हजार २०५ रुपैयाँ किस्ता तिर्नुपर्ने हुन्छ ।

