पछिल्लो समय टाटा मोटर्सले आफ्नो बजारमा उपस्थितिलाई निकै बलियो बनाउँदै लगेको छ । भारतीय बजारमा कम्पनीले २०१८को जुन महिनामा महिन्द्रालाई पछि पार्दै सर्वाधिक बिक्री हुने तेस्रो कम्पनीको रुपमा आफुलाई स्थापित गरेको छ ।
एक महिनाको तथ्यांक अनुसार टाटाले १८ हजार २१३ युनिट कार बिक्री गर्दा महिन्द्राले भने १८ हजार १३७ युनिट कार बिक्री गरेको छ । केही महिना अगाडि होन्डालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको कम्पनीले महिन्द्रलाई पछिपार्दै तेस्रो स्थान हासिलगर्न सक्नु निकै ठुलो सफलता भएको मानिएको छ ।
२०१६ मा कम्पनीको नकारात्मक वृद्धिपछि नयाँ सिइओ ल्याएर काम गरिरहेको टाटा मोर्टसले नयाँ प्लान्टबाट उत्पादन सुरु गरेसँगै क्रमिकरुपमा बजार बिस्तार गरिरहेको छ ।
टाटा टियागो पछि क्रमिकरुपमा बजारमा आफ्नो पहुँच बिस्तार गर्दै लगेको कम्पनीले हेग्जा, टिगोर र नेक्सनको बिक्री सुरुगरेसँगै बजार हिस्सासमेत बढाउँदै लगेको छ ।
कम्पनीले अझै एग्रेसिभ मुभ गर्ने तयारी स्वरुप मारुति सुजुकीका पूर्व कार्यकारीलाई पेसेन्जर भेइकल युनिटको प्रेसिडेन्टको रुपमा ल्याएको छ । जुन महिनामा कम्पनीले ५२ प्रतिशतको ग्रोथ हासिल गरेको छ भने महिन्द्राको वृद्धिदर ९ प्रतिशतको रहेको छ ।
चालु आर्थिक बर्षको पहिलो क्वाटर अप्रिलदेखि जुनसम्मको समग्र बिक्री डाटा अनुसार महिन्द्राले ६० हजार ७७९ युनिट बिक्री गरेको छ भने टाटाले ५२ हजार ९३७ युनिट बिक्री गरेको छ ।
चालु क्वाटरमा महिन्द्राले टियुभी ३०० नौ सिटर बजारमा ल्याएको छ भने, नयाँ कम्प्याक्ट एसयुभीसमेत ल्याउदै छ । यसले आगामि दिनमा टाटा र महिन्द्राको सेल्स प्लान निकै चाख लाग्दो हुने देखिन्छ ।