काठमाडौं । टाटा मोटर्स इन्डियाको कार बिक्रीमा उछाल आएको छ । कम्पनीले सन् २०२६ को जुलाईमा कुल ६३ हजार ७६० युनिट प्यासेन्जर कार बिक्री गरेको हो ।
यो गत वर्ष सोही अवधिको तुलनामा ५८.७१ प्रतिशत धेरै हो । सन् २०२५ जुलाईमा कम्पनीले ४० हजार १७५ युनिट कार बेचेको थियो । यस वर्ष सोही अवधिमा २३ हजार ५८५ युनिट धेरै बेच्न सफल भएको हो ।
जुलाईमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले जुलाई भारतमा मात्रै ६२ हजार ६११ युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ५८.४२ प्रतिशत धेरै हो । गत वर्ष जुलाई ३९ हजाार ५२१ युनिट कार बेचेको थियो ।
त्यस्तै, निर्यात ७५.६९ युनिट बढेर ११४९ युनिट पुगेको छ । गत वर्ष जुलाई ६५४ युनिट कार विदेश पठाएको थियो ।
ईभी बिक्रीमा रेकर्ड
टाटाले जुलाईमा ईभी बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले जुलाईमा १५ हजार २७१ युनिट ईभी बेचेको छ । जुन हालसम्म कुनै पनि एक महिनामा बिक्री गरेको सर्वाधिक ईभी हो । साथै, टाटाले पहिलो पटक ईभी बिक्रीमा मासिक १५ हजार युनिटको आँकडा पार गरेको हो ।
गत वर्षको मेको तुलानमा यस वर्ष टाटाको ईभी बिक्री ११३.६० प्रतिशतले बढेको हो । २०२५ जुलाई जम्मा ७१२४ युनिट ईभी बिक्री गरेको थियो ।
टाटाले एकपछि अर्को नयाँ मोडल ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । टाटाले जनवरीमा पन्च ईभी फेसलिफ्ट, जुलाई टिगायो ईभी फेसलिफ्ट र जुनमा सियरा ईभी बजारमा ल्याएको थियो । यी बाहेक टाटाका टिगोर, नेक्सन, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् ।


