टाटाको नानो कार मोडिफाइ गरेर हेलिकप्टर बनाएपछि… (भिडियाे सहित)

एक भारतीय नागरिकले टाटाको चर्चित  कार नानोलाई मोडिफाइ गर्दै हेलिकप्टर स्वरुप दिएका छन । विहार निवासी मिथलेस प्रसाद नाम गरेका व्यक्तिले आफ्ना भाइको सहयोगमा नानो कारलाई रिप्लेका हेलिकप्टरको आकार दिएका हुन ।

कारको परिमार्जनको लागि झन्डै साता लाख लागेको उनीहरुले बताएका छन् ।

परिमार्जित नानोमा रोटर ब्लेड, रोटर मास्ट, हेलिकप्टरको जस्तै टेल, टेल ल्याम्प लगायतका पार्टस जोडिएको छ । यी सबै पार्टसलाई नानो कारको बडिमा जोडिएको हो । यसलाइ कारबाट हेिलकप्टर बनाएपछि हेर्नेकाे  भिड लागेकाे छ, यद्यपी यो हेलिकप्टर उड्न भने सक्दैन ।

यसको फ्रन्टमा ब्रेक, पुरानाको तुलनामा लाइट बेजल, फ्रन्टमा एलइडी लाइट, साइडमा प्यानल लगाइएको छ । यद्यपी, टाटा कम्पनीले भने व्यापारमा ब्रेक लागेसँगै  नानोको उत्पादन बन्द गरेको छ ।

टाटा नानोको उत्पादन केही समय अगाडिबाट बन्द भएको हो  । भारतकै ठूलो कार उत्पादक कम्पनी टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारमा नानो उत्पादन गर्दै आएको थियो ।

भारतीय उपभोक्ताले नानोलाई त्यति नरुचाएको र कारको उत्पादन लागत समेत बढी रहेकाले बन्द गर्नु परेको कम्पनीले बताएको थियो । टाटाले सन् २००९ मा  नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो ।


Back_to_top