सुजुकी भि-स्ट्रोम २५० एड्भेन्चर सार्वजनिक, यस्ता छन् विशेषता

जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले भि-स्ट्रोम २५० एड्भेन्चरको अपडेटेड भर्सन सार्वजनिक गरेको छ । कम्पनीले उक्त मोटरसाइकलको २०२० मोडल जापानी बजारमा सार्वजनिक गरेको हो ।

अपडेटेड भि–स्ट्रोम २५० एबीएस तथा नन् एबीएस दुवै भर्सनमा रहेको छ । एबीएस भर्सनको मूल्य ६ लाख २ हजार र नन् एबीएस भर्सनको मूल्य ५ लाख ७० हजार जापानी येन रहेको छ ।

यो भर्सन दुई कलरमा आएको छ भने, ग्राफिकमा परिर्वतन गरिएको छ । उक्त मोटरसाइकलमा कुनै मेकानिकल चेन्ज भने गरिएको छैन् । कम्पनीले यो एड्भेन्चर बाइक पर्ल नेबुला ब्ल्याक र हाइ टेक सिल्भर मेटालीक कलरमा बजारमा ल्याएको छ ।

अपडेटेड भि-स्ट्रोम २५० मा रेट्रो स्टाइल राउन्ड हेडल्याम्प, फ्यूल ट्याङकमा आर्कषक स्टीकर साथै स्र्पोटर्स रेड रिम दिइएको छ ।

अपडेटेड भि-स्ट्रोम २५० मा रेगुलर मोडलमा झै २४८ सीसी लिक्वीड कूल्ड ट्वीन सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले २४ पीएस पिक पावर तथा २२ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

भि-स्ट्रोम २५० को फ्रन्टमा टेलीस्कोप फर्क र रियरमा मोनोशक सस्पेन्सन सेटअप दिइएको छ । यसको फ्रन्ट तथा रियरमा डिस्क ब्रेक दिइएको छ । यो मोटरसाइकलमा १७ लिटर फ्यूल क्षमताको ट्याङक दिइएको छ । १८८ किलोमिटर तौल रहेको यो मोटरसाइकलले ३१ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी रहेको छ ।

सुजुकीले यो मोटरसाइकल भारतीय बजारमासमेत सार्वजनिक गर्ने तयारी गरेको छ । भारतीय बजारमा सार्वजनिक भए पश्चात् नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ । हाल नेपाली बजारमा बेनेली बीएकडब्ल्यू, होन्डा, सीएफमोटो जस्ता धेरै कम्पनीले एड्भेन्चर मोटरसाइकल बिक्री गर्दै आएको छ ।


Back_to_top