यही महिना बजारमा आउँदै ६ नयाँ कार, कुनमा कस्तो इन्जिन

काठमाडौं । नयाँ सामानको चाहाना राख्ने उपभोक्ताको ध्यानलाई मध्येनजर गर्दै उत्पादक कम्पनीहरुले नयाँ–नयाँ बस्तु समयक्रम अनुसार बजारमा ल्याउँछन् । सवारीसाधनको हकमा पनि त्यस्तै लागु हुन्छ ।

सवारी उत्पाक कम्पनीहरुले पनि ग्राहकको आवश्यकता र बजारको माग अनुरुप विभिन्न प्रकारका सवारीको उत्पादन गरिरहेका हुन्छन् । यसैबीच, फेस्टिभ सिजन नजिकिदै गर्दा विभिन्न अटोमोबाइल्स कम्पनीले नयाँ मोडल बजारमा ल्याउने तयारी गरेका छन् ।

यस्तोमा विभिन्न अटोमोबाइल कम्पनीले अक्टोबर महिनामा सार्बजनिक गर्ने भएका मोडल बारे हामीले जानकारी दिने प्रयास गरेका छौं ।

जीप र्याङ्लर


जीप कम्पनीले भारतीय बजारमा अगस्ट ९ मा र्याङ्गलरको नयाँ संस्करण सार्वजनिक भएको छ । सम्भवत यो मोडल आगामी भदौ १० गते नाडा अटो शोमा नेपाली बजारमा पनि आउने छ ।

दुई इन्जिन अप्सनमा आउने यो कारमा फ्रन्ट इन्ड गेट राउन्ड हेडल्याम्प, ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च टिएफटी एलइडी ड्राइभर इन्फर्मेशन डिस्प्ले, १२ भोल्ट एक्सेसोरी आउटलेट, २३० भोल्ट एसी आउटलेट लगायतका विशेषता दिइएको छ ।

जसमध्ये २.२ लिटर मल्टीजेट आइआइ डिजेल इन्जिनले २०० पीएस पावरका  साथै ४५० एनएम टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक  ट्रान्समिसन लगाइएको छ ।

त्यसैगरी, यसमा उपलब्ध २.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले २७२ पीएस पावरका साथै ४०० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ ।

टाटा अल्ट्रोज


टाटा मोटर्सले आगामी अगस्ट १५ मा सार्वजनिक गर्ने प्रिमियम ह्याचब्याक अल्ट्रोज तीन इन्जिन अप्सनमा आउने छ ।  यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ८५ बीएच पावर उत्पादन गर्छ । त्यस्तै यसको टप भेरियन्टमा १.२ लिटर टर्बाे पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

१.२ लिटर पेट्रोल इन्जिनले अल्ट्रोजमा १०२ बीएच पावर र १४० एनएम टर्क उत्पादन गर्छ । डिजेल इन्जिन युक्त कारले ९० बीएच पावर उत्पादन गर्छ ।

रेनो ट्राइबर


अगस्ट २८ मा सार्वजनिक हुने भनिएको रेनो ट्राइबर गत जुनमा ग्लोवल डेब्यू भएको भयो । सात सिटर कार ट्राइबरको म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा पनि आउने छ ।

उक्त गाडीमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । जसले ९० बीएच पावरका र ११० एनएम टर्क उत्पादन गर्छ ।

इन्फोटेमेन्ट सिस्टमसँगै एप्पल कार प्ले, एन्ड्रोइड अटो, एबीएस, रियर पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, रियर पार्किङ क्यामरा लगायतका विशेषता दिइएको छ ।

मारुती एक्सएल–६


अगस्ट २१ मा सार्वजनिक हुने मारुती ‘एक्सएल–६’ निकै चर्चामा रहेको कार हो । यसमा नयाँ फ्रन्ट फेसिका, रुफ रेल्स, ब्ल्याक अलोय ह्वील, बडी क्लेडिंग, डबल फ्रन्ट एयरब्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, आइएसओफिक्स चाइल्ड सिट जस्ता फिचर रहेका छन् ।

७ इन्च इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता दिइएको छ । यसमा एलइडी हेडल्याम्प र एलइडी डिआएलएस, क्रुज कन्ट्रोल जस्ता विशेषता दिइएको छ । यसमा उपलब्ध के १५ बी इन्जिनले ९५ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

अल न्यु हुन्डाई ग्रान्ड आई १०


अगस्ट २० मा सार्वजनिक हुने हुन्डाई ग्रान्ड आई १०को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइने छ ।

यसको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीललाई नयाँ स्वरुप दिइएको छ । इन्फोटेनमेन्ट सिस्टममा एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता यसमा रहने छ ।

किया सेल्टोस


किया मोटर्सले अगस्ट २२ बाट बिक्री सुरु गर्ने किया सेल्टोस अत्याधिक चर्चामा रहेको कार हो । यो गाडीमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाई जस्ता सेगमेन्ट फस्ट विशेषता दिइएको छ ।

इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल  १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा आएको छ ।


Back_to_top