आयो नेक्सनको नयाँ भेरियन्ट, सस्तो मूल्यमै पानोरामिक सनरुफ

काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले भारतमा नेक्सनको १० लाख युनिटको माइलस्टोन पूरा गरेको अवसरमा नयाँ प्योर प्लस पीएस भेरियन्ट ल्याएको हो ।

टाटाले नयाँ प्योर प्लस पीएस पेट्रोल भेरियन्टको मूल्य ९.५९ लाख भारु (एक्स शोरुम) तोकेको छ । जसमा भोइस असिस्टेड पानोरामिक सनरुफ दिएको छ । यो भारतमा १० लाख रुपैयाँभन्दा कम मूल्यमा पाइने पानोरामिक सनरुफ भएको पहिलो मोडल समेत हो ।

टाटाले नेक्सनको नयाँ भेरियन्ट पेट्रोल, डिजेल र ट्वीन सिलिण्डर सीएनजी पावरट्रेनमा ल्याएको हो । जसमा पेट्रोलमा सेग्मेन्टकै शक्तिशाली १.२ लिटरको टर्बो इन्जिन दिएको छ । नयाँ भेरियन्टको सबै इन्जिनमा म्यानुअल र अटोमेटिक गियर अप्सन उपलब्ध छ ।

नयाँ भेरियन्टमा सनरुफ बाहेक वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई समर्थन गर्ने २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट प्रणाली पनि उपलब्ध छ । साथै, ६ स्पिकर अडियो प्रणाली, सेन्सरसहितको एचडी रियर भ्यू क्यामेरा, रियर पार्किङ सेन्सरहरू, अटो एलईडी हेडल्याम्पहरू, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल एलईडी टेलल्याम्प, अटो फोल्ड इलेक्ट्रीक ओआरभीएम जस्ता फिचर उपलब्ध छन् । यसले टाटाको सुलभ मूल्यमा प्रिमियम सुविधाहरू प्रदान गर्ने रणनीतिलाई अझ बलियो बनाउँछ ।

५ नयाँ प्योर प्लस पीएस भेरियन्टहरू थपिएसँगै टाटा नेक्सनको कुल ७९ भेरियन्ट पुगेको छ । जसमा ईभीमा १३ भेरियन्ट उपलब्ध छन् ।

नेक्सन भारतमा सर्वाधिक बिक्री हुने एसयूभी हो । यो नेपालमा पनि निकै लोकप्रिय छ ।


Back_to_top