काठमाडौं । भारतीय सवारी उत्पादन कम्पनी टाटा मोटर्सले प्रिमियम कम्प्याक्ट एसयुभी उत्पादनको तयारी गरि रहेको छ । उक्त कारलाई उत्पादनका क्रममा क्यू५०१ वा एचफाइभ नाम दिइएको छ ।
यो एसयुभी ल्यान्ड रोवरको डिस्कभरी स्पोर्टससँग निक्कै प्रभावित रहेर डिजाइन गरिएको छ । बेलायती विलाशी एसयुभीमा भएका विशेषतासमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।
टाटाको नयाँ गाडी नेक्सन भन्दा माथिल्लो स्तरको हुने बताइएको छ । उक्त नयाँ कार ५ सिटर र ७ सिटर दुवै सेगमेन्टमा उत्पादन हुने छ । जुन ल्यान्ड रोवर डिस्कभरी स्पोर्टससमेत ५ र ७ सिट क्षमतामा उपलब्ध हुँदै आएको छ । पाँच सिटर र सात सिटर गाडी भने केही भिन्न किसिमको हुने कम्पनीले जनाएको छ ।
टाटाको नयाँ प्रिमियम कम्प्याक्ट एसयुभीलाई ‘एटमस’ समेत भनिएको छ । डिस्कभरी स्पोर्ट एल५५० मा जस्तै हलुका प्लेटफर्ममा यसको निर्माण हुने छ ।
उक्त कारमा फियाट २.० लिटर मल्टिजेट–आइआइ डिजेल इन्जिन रहेको छ । जीप कम्पासमा पनि सोही इन्जिन प्रयोग गरिएको छ, जसले १७१ बीएचपी मा ३७५० आरपीएम र ३५० एनएममा १७५० आरपीएम दिन्छ ।
नयाँ कारमा सिक्स स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । पाँच सिटरले करिब १४० एचपी पावर दिने छ । यो कार हुन्डाइ क्रेटा र रेनो क्याप्चर भन्दा केही सस्तो हुने अनुमान गरिएको छ । टाटाले फियाट क्राइसलर अटोमोबाइलसँग ७० हजार वटा फो सिलिन्डर इन्जिन अडर गरेको छ ।
टाटाको उक्त एसयुभी फ्रन्ट ह्वील र फोर ह्वील दुवै भेरियन्टमा आउने छ । यो गाडीको इन्टेरियरसमेत आकर्षक हुनेछ । २०१८ पछि बजारमा आउने अनुमान गरिएको यो एसयुभीको मूल्य बारे केही खुलाइएको छैन ।

