काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच टाटाको इभी फ्लीट (एक्सप्रेस-टी ट्याक्सी) मा सरल कर्जा उपलब्ध गराउने गरी आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। संझाैता अनुसार अब टाटाको विद्युतीय ट्याक्सी किन्ने ग्राहकहरूलाइ नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ।
यो कर्जाको समयावधि भने ७ वर्षसम्मको लागि हुनेछ। तत्कालका लागि १४.१० प्रतिशत यसको ब्याजदरमा कर्जा दिने संझौता भएको हो । यसका लागि पाटनमा रहेको बैंकको शाखाबाट कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको नबिल बैंकले जनाएको छ।
एक्सप्रेस-टी टाटा मोटर्सको प्रिमियम फ्लीट इलेक्ट्रिक सेडान हो, जसमा उत्कृष्ट ड्राइभिङ अनुभव र अन्य सुविधाहरुको सही संयोजनको लागि धेरै विशेषताहरू रहेको कम्पनीले जानाएको छ।
नेपालमा इभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लीट इभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएको छ। यस अन्तर्गत फ्लीट इभीकालागि आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङसम्मका सुविधा उपलब्ध रहेका छन्।

