दैनिक १४४ रुपैयाँ तिरेर होन्डा डिओ चढ्न सकिने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा डिओ स्कुटरमा आकर्षक फाइनान्स सुविधा ल्याएको छ ।

कम्पनीले दैनिक १४४ रुपैयाँ तिरेर होन्डा डिओ खरिद गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम चैत ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीको फाइनान्स स्कीममा होन्डा डिओ किन्न चाहाने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्षको अवधिमा बुझाउनु पर्ने हुन्छ । यो फाइनान्स स्कीम अन्तर्गत ग्राहले १६।७५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

दैनिक १४४ रुपैयाँका दरले वर्किङ डेको हिसाबका ग्राहकले मासिक ३ हजार ४५० रुपैयाँ हाराहारीमा किस्ता ९ईएमआइ० बुझाउनु पर्छ ।

स्याकार ट्रेडिङले २ लाख १८ हजार रुपैयाँ निर्धारण गरेर डिओ एसटीडी भर्सन विक्री गर्दै आएको छ ।


Back_to_top