काठमाडौं । टाटा मोटर्सले आगामी ८ महिना भित्र ५ नयाँ कार बजारमा ल्याउने भएको छ । कम्पनीले पछिल्लो समय एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको छ । यस्तोमा टाटाले बजारमा ल्याउने नयाँ कार प्रति ग्राहकले उत्शुकताका साथ हेरिरहेका छन् ।
टाटाले आफ्नो प्यासेन्जर कार सेग्मेन्टमा नयाँ नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले पछिल्लो समय ह्यारीयर, अल्ट्रोज र नेक्सन इभीलाई बजारमा उतारेको थियो । अब भने थप ५ नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले अब हेग्जा सफारी एडिसन, ग्राभिटास, एचबीएक्स, अल्ट्रोज इभी र ह्यारीयर (नेपालमा नाम एच५) पेट्रोलमा बजारमा ल्याउने तयारी गरिरहेको छ ।

टाटाले हेग्जा सफारी एडिसनको अटो एक्स्पो २०२० मा शोकेस गरेको थियो । यसलाई कम्पनीले चाँडै बजारमा ल्याउने क्रममा रहेको छ । यसमा २.२ लिटर भिक्टर ४०० इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र ४०० एनएम टर्क प्रदान गर्ने छ । यसका अलावा यसमा ७ इन्चको इफोटेन्टमेन्ट सिस्टम, १० स्पीकर, क्रुज कन्ट्रोल र रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहने छ ।

टाटाले ल्याउने अर्को मोडल ग्राभिटासलाई पनि २०२० अटो एक्स्पोमा शोकेस गरिएको थियो । यसलाई ह्यारीयर (नेपालमा एच ५) कै ७ सिटर भर्सनको रुपमा लिइएको छ । कम्पनीले यसमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क प्रदान गर्ने छ ।

त्यस्तै टाटाले बजारमा ल्याउने घोषणा गरेको र अटो एक्स्पो २०२० मा शोकेस गरेको ‘एचबीएक्स’लाई पनि चााडै बजारमा ल्याउने अनुमान गरिएको छ । यो कम्पनीकै सबैभन्दा सानो एसयूभी हुने छ । यसको मूल्य टाटा नेक्सनभन्दा कम रहने छ । यसमा कम्पनीले १.२ लिटर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्ने छ । यसमा सबै किसिमका आधुनिक फिचर उपलब्ध रहने छ ।

टाटाले अबको केही महिनापछि बजारमा ल्याउने अर्को कार हो अल्ट्रोज इभी । उक्त इभीले एक पटकको फुल चार्जमा ३०० किमि रेञ्ज प्रदान गर्ने छ । यो निकै प्रिमियम फिचरले भरिपूर्ण इलेक्ट्रीक कार हुने छ ।
टाटाले ह्यारीयर (नेपालमा एच ५) एसयूभीको पेट्रोल भेरियन्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । उक्त गाडीमा १.५ लिटर पेट्रोल इन्जिन दिइने छ । यसले १५० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ ।

