काठमाडौं । टेस्लाको सबैभन्दा सफल मोडल मोडल वाईको अपडेटेड भर्सन जुनिपर आउने भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार जुनिपर मोडल चीनको संघाईमा रहेको गिगाफ्याक्ट्रीमा उत्पादन हुनेछ ।
मोडल वाईको नयाँ भर्सन जुनिपर आगामी वर्षको पहिलो क्वाटरबाट बिक्री सुरु हुनेछ । सडक परीक्षणका क्रममा लिइएको स्पाई सटहरुका अनुसार यसको रियरमा नयाँ कनेक्टेड लाइटबार छ । टेस्लाको नाम पनि उक्त लाइटबार मै देख्न सकिन्छ ।
मोडल वाई जुनिपरमा रिभाइज्ड फ्रन्ट फेसिया, नयाँ डिजाइनको हेडलाइट क्लस्टर, स्लीम टेललाइट, रि–डिजाइन गरिएको मिरर र नयाँ डिजाइनको ह्वीलको साथै विलकुलै नयाँ एक्सटेरियर कलर रहेको छ । यसको इन्टेरियरमा पनि नयाँ मोडल–थ्रीमा जस्तै धेरैवटा बटम भएको स्टेरिङ ह्वील रहने अनुमान गरिएको छ ।
यसको इन्टेरियरमा सेन्टर कन्सोल पनि नयाँ डिजाइनमा छ । यसमा दुईवटा वायरलेस फोन चार्जर, रिभाइज्ड आर्मरेष्ट र स्टोरेज स्पेश रहनेछ । नयाँ मोडल वाईको रेन्ज पनि बढ्ने अनुमान गरिएको छ ।
टेस्लाले आफ्नो नयाँ कारको पफर्मेन्स, इफिसीयन्सी तथा रेन्ज बढाउने निरन्तर नयाँ आर एण्ड डी गरिरहेको छ । यो मोडलको ड्रयाग कोफिसेन्ट एकदमै कम हुनु, अगाडि फेसियामा विभिन्न परिवर्तनको साथै नयाँ डिजाइनको ह्वीलले रेन्ज बढाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

