टेस्लाले फिर्ता बोलायो १ लाख ३० हजार कार, यस्तो छ कारण

काठमाडौं । चर्चित अमेरिकी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले १ लाख ३० हजार यूनिट इलेक्ट्रीक कार रिकल गरेको छ । कम्पनीले फास्ट चार्जरको प्रयोग गर्दा इन्फोटेन्टमेन्ट सिस्टम तात्ने र इन्ट्रुमेन्ट क्लष्टर बन्द हुने भएकाले त्यो समस्या ठिक गर्न गाडीलाई फिर्ता बोलाएको हो ।

टेस्लाले फिर्ता बोलाएको २०२१ मा उत्पादन भएको मोडल एस र मोडल एक्स तथा २०२२ मा उत्पादन भएका मोडल थ्रि र मोडल वाई हुन् । अहिले अमेरिकी बजारमा मात्रै यी कार फिर्ता बोलाइएको हो ।

सन् २०२२ लागेपछि टेस्लाले रिकल गरेको यो ११ औं पटक हो । यस बीचमा कम्पनीले २३ लाख गाडीमा देखिएको केही न केही समस्या समाधान गरेरको जनाएको छ । जसमा सबैभन्दा धेरै रिकल सफ्टवयर अपडेट गर्न मगाइएको छ ।


Back_to_top