टेष्ट ड्राईभ रिभ्यूः ब्रान्ड नेम अनुसारको फिचर प्याक बीएमडब्ल्यू G310-GS (भिडियोसहित)

काठमाडौं । जर्मन अटोमोबाइल कम्पनी बीएमडब्ल्यूद्धारा उत्पादित बाइकहरु नेपाली बजारमा बिक्री बितरण सुरु भइरहेको छ । बीएमडब्ल्यूको आगमनसँगै नेपाली बजारमा बाइक पारखीहरु माझ नयाँ तरङ्ग छाएको देखिन्छ । 

काठमाडौंको नारायणचौर स्थित बीएमडब्ल्यूको शोरुममा टेष्ट ड्राइभ गर्ने तथा बाइकको बारेमा बुझ्नेको बाक्लै उपस्थिति देख्न सकिन्छ । नेपालको लागि बीएमडब्ल्यूको आधिकारीक वितरक टर्क मोटरले जी ३१० आर र जी ३१० जीएस बाइकको बिक्री वितरण गरिरहेको छ ।

 

यसै क्रममा मेरोअटो टिमले बिएमडब्ल्यु जी ३१० जीएस बाइकको टेष्ट राइड गरेको थियो । उक्त बाइक लिएर हामी चाबहिल साँखु हुँदै नगरकोटसम्म पुगेका थियौ । 

लुक्स

बीएमडब्ल्यू एफ ७५० जीएसको डिजाइनमा निर्माण गरिएको एडभेन्चर बाइक हो जी ३१० जीएस । यो बाइक बिशेष गरेर लामो यात्रा तथा अफरोड राइडिङ्ग लागि निर्माण गरिएको हो । बाइकको अग्र भागमा आर्कषक हेडल्याम्पसँगै दिइएको विन्डसिल्डले अगाडिको भागलाई सार्प लुक्स दिएको छ । 

यो पनि पढ्नुस्ः नेपाल आयो बिएमडब्ल्यूका बाइक, टेष्ट राईड सुरु, यस्तो छ मूल्य

बीएमडब्ल्यू एफ ७५० को जस्तै यसको अगाडि भागमा वर्ड नोज रहेको छ । फ्रन्ट सस्पेन्सनमा प्रयोग भएको गोल्डेन कलरले बाइकलाई अझै आर्कषक बनाएको छ । 

सिटी तथा अफरोड दुबैलाई उपयुक्त हुने टायरले बाइकको राइडिङमा कम्फर्ट बढाएकोे छ । बाइकमा आर्कषक फ्युल ट्याङक र वाइडर सिट दिइएको छ । बाइकको पछाडिको भागमा क्यारियर पनि रहेको छ । 

यो बाइकको एक्जस्ट अपस्विप रहेको छ । बाइकको बिभिन्न भागमा लगाइएको बीएमडब्ल्यूको लोगोले बाइकलाई क्लासी लुक्स दिएको छ । 

इन्जिन

सिगंल सिलिन्डर, ४ भल्भ, वाटर कुल्ड ३१३ सीसीको इन्जिनले ९ हजार ५ सय आरपीएममा ३४ बिएचपी पावर तथा ७ हजार ५ सय आरपीएममा २८ एनएम टर्क जेनेरेट गर्छ  । बाइकमा ६ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको छ । 

बाइकको इन्जिन पर्फमेन्स उत्कृष्ट रहेको छ । पहिलो गियरमा लगभग ५०, दोश्रो गियरमा ८०, तथा तेस्रो गियरमा १०० किलोमिटर प्रतिधन्टाको रफ्तार भेट्न सकिन्छ । यो बाइकको टप स्पीड प्रतिघण्टा १४३ किलोमिटर रहेको छ । 

बाइकको फ्रन्टमा डबल पिस्टन ३०० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । डबल च्यानल एबीएस युक्त यो बाइकको ब्रेकिङ पावर उत्कृष्ट छ । 

लो गियर हाइ आरपीएममा पनि थोरै मात्र भाइब्रेट भएको महसुश हुन्छ । यसका अलावा यसमा दिइएको इन्जिन अनरोड तथा अफरोड दुबै स्थानमा उत्कृष्ट पफ्रमेन्स गर्न सक्ने किसिमको रहेको छ ।

सिटिङ पोजिसन

यो बाइकको मुख्य पाटो नै बाइकको सिटिङ पोजिसन तथा यसको ह्यान्डलिङ हो । ८३५ एमएम हाइटको सिटले बाइकको एड्भेन्चर लुक्सलाई अझ सबल बनाएको छ । लामो यात्रा तथा अफरोड राइडिङका लागी यो बाइक उत्कृष्ट रहेको छ । 

यसको सिट फराकिलो हुनुको साथै राइडरको ब्याकबोनलाई सपोर्ट गर्ने किसिमको रहेको छ । थोरै पछाडि सरेर राइडरले यात्राकै क्रममा ढाडलाई आरामसमेत प्रदान गर्न सक्नेछन् । लामो यात्रामा ढाड दुख्ने समस्या हुनेहरुलाई समेत यो बाइक सहज हुन्छ । जसको कारण लामो समयसम्म यात्रा गर्दा पनि थकान महशुस हुँदैन । 

यसको ह्यान्डलबार एडजस्टएबेल रहेको छ । यो एडभेन्चर बाइक भएका कारण यसको ह्यान्डललाई अग्रेसिभ बनाइएको छैन जसका कारण लामो तथा आरामदायी यात्रा गर्न सकिन्छ । 

ब्रेकिङ

यो बाइकको अर्को सवल पक्ष भनेको ब्रेकिङ हो । बाइकको फ्रन्टमा डबल पिस्टन ३०० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । डबल च्यानल एबीएस युक्त यो बाइकको ब्रेकिङ पावर उत्कृष्ट छ । 

११ लिटर फ्युल क्षमता रहेको यो बाइकले औषत ३० किलोमिटर माइलेज दिने हाम्रो टेष्ट राईडमा देखिएको छ । 

अफरोडका लागि बाइकमा एबीएसलाई उपयुक्त मानिदैन त्यसैले बाइकमा रियर एबीएस अन अफ गर्ने सुविधा रहेको छ । जुन ह्यान्डलबारको देब्रे साइडमा रहेको छ । 

सस्पेन्सन

अफरोड बाइकमा सस्पेन्सन राम्रो हुनु उत्तिकै आवश्यक हुन्छ । यो बाइकको फ्रन्टमा गोल्डेन कलर अपसाइड डाउन फ्रक ४१ एमएम सस्पेन्सन रहेको छ । रियरमा सोलिड डाई कास्ट आल्मुनियम स्विङग्राम एडजस्टेवल मोनोसक रहेको छ । यसले अफरोड तथा अनरोड राइडिङमा राइडरलाई कम्र्फट प्रदान गर्छ । 

डिस्प्ले

बाइकमा फुल्ली डिजिटल कन्सोल डिस्प्ले रहेको छ । जसमा बाइकको टप स्पीड, गियर इन्डिकेटर, फ्युल इन्डिकेटर, राइडिङ औषत रेन्ज, इन्जिन टेम्प्रेचर, क्लक, एबीएस इन्डिकेटर, ट्रिप रेकर्डर जस्ता थुप्रै बिशेषता रहेको छ । 

हाई आरपीएम अर्लट, हाइस्पीड अर्लट जस्ता फिचरसमेत यसमा रहेको छ । जसले गर्दा राइडरले आफ्नो स्पीडलाई सेट गरेर बाइक आफ्नो नियन्त्रण अनुसार चलाउन सक्नेछन् ।

निर्ष्कष

टीभीएसको प्लान्टमा बनेको यो बीएमडब्ल्यू बाइक निर्माण गर्दा क्वालीटीमा कम्पनीले कुनै कम्प्रमाइज गरेको छैन । यो टुरर बाइक भएका कारण यसको पछाडिको भागमा लगेज बक्स राख्नको लागी उपयुक्त स्पेस राखिएको छ । 

अफरोड तथा अनरोड दुबैका लागि उपयुक्त हुने फ्रन्टमा १९ इन्च तथा रियरमा १७ इन्चको टायर रहेको छ । यसको अप स्वीप साइलेन्सरले पानीको डिपसम्म जान सहयोग पुर्याउँछ । ११ लिटर फ्युल क्षमता रहेको यो बाइकले औषत ३० किलोमिटर माइलेज दिने हाम्रो टेष्ट राईडमा देखिएको छ । 

तपाईसँग बजेट छ र एड्भेन्चर तथा लामो यात्राको लागि बाइक खोज्दै हुनुहुन्छ भने यो बाइकको बिकल्प नेपालमा उपलब्ध अन्य बाइक नहुन सक्छ । 

१६९ किलोग्राम तौल रहेको यो बाइकको ह्वीलवेश १४२० एमएम रहेको छ, जसले बाइक राइडरले कर्नरिङमा कम्फर्ट महशुस गर्न सक्छ । यसको फ्युल डेलिभरी सिस्टम ‘एफआई’ रहेको छ । बाइकको गियर तथा ब्रेक प्याडलाई अनरोड तथा अफरोड आवस्यकता अनुसार प्रयोग गर्न सकिन्छ । 

बाइकको इन्डिकेटर र लुकिङ ग्लासमा केही परिर्वतनको आशा राख्न सकिन्छ । ब्रेकिङ, इन्जिन पफ्रमेन्स, राइडिङ पोजिसन जस्ता बिषेशताले राइडरको मन लोभ्याउन सक्छ । 

तपाईसँग बजेट छ र एड्भेन्चर तथा लामो यात्राको लागि बाइक खोज्दै हुनुहुन्छ भने यो बाइकको बिकल्प नेपालमा उपलब्ध अन्य बाइक नहुन सक्छ । 


Back_to_top