काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मिचौर जोड्ने पुल बगाएको छ ।
अविरल वर्षापछि आएको बाढीले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटभन्दा तल रहेको करिब ५० मिटर लामो पुल बगाएको हो ।
पुल बगाएसँगै स्याङ्जा र गुल्मीको सडक सम्पर्क बिच्छेद भएको छ । उक्त पुल वि.सं. २०५३ सालमा बनेको थियो ।

