काठमाडौं । नयाँ प्रविधि र आकर्षक फिचर्ससहित सार्वजनिक हुने गरेका विद्युतीय सवारी संख्या बढ्दो छ । यहि क्रममा चिनियाँ मोटर उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले उत्पादन गरेको ‘ओरा बलेट क्याट’ अहिले चर्चामा छ ।
ग्रेटवाल मोटर्सले ओरा बलेट क्याट ईभी सन् २०२२को मे महिनामा आधिकारीक लन्च गरेको थियो । कम्पनीले यो मोडल महिलाका लागि मात्र तयार गरेको हो ।
यसको डिजाइन, फिचर्ससंगै प्रयोग भएका अन्य प्रविधि सबै महिलाका लागि मात्र केन्द्रित भएका कारण यसलाई ‘मस्ट फेमिनाइन मास प्रोडक्सन कार एभर मेड’ पनि भन्ने गरिएको छ ।
यो एक इलेक्ट्रीक ह्याचब्याक कार हो । यसको बाहिरी डिजाइन भने फक्सवागेन बिटलबाट प्रभावित भएको पाइन्छ । साइजका हिसाबले बलेट क्याट फक्सवागेन बिटलको तुलनामा निकै ठूलो रहेको छ । यसको लम्बाई ४४०१ एमएम, चौडाई १८६७ र उचाई १६३३ एमएम रहेको छ । यसको ह्वीलवेस भने २७५० एमएम लामो रहेको छ ।

यो ईभीमा १२६ किलोवाट क्षमताको मोटरको साथमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । जस अन्तर्गत, ५० किलोवाट आवरको लिथियम फोस्फेट ब्याट्रीलाई फुलचार्जमा ४०१ किलोमिटर गुडाउन सकिन्छ । अर्को लङ रेन्ज मोडलमा ६०.५ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्ज ५०० किलोमिटर रेन्ज दिने सिएलटिसीले जनाएको छ । यो ईभीको टप स्पीड भने १५५ किलोमिटर प्रति घण्टा रहेको छ ।
कम्पनीले यो ईभी अन्य कारहरु जस्तो रातो, कालो लगायत कलर अप्सनमा उपलब्ध नगराएर सफ्ट पेस्टल कलरहरुमा उपलब्ध गराएको छ । जुन, यी कलर महिलाका लागि बढि खास हुने गरेको र उनीहरुले रुचाउने गरेको पाइन्छ । यो ईभी सामान्यतया महिलाहरुले आफ्नो जेन्डर रिभिल पार्टी गर्न प्रयोग गर्ने बताइएको छ । जहाँ बेबी ब्लु र पिंक कलर बढि प्रयोग गरिन्छ ।
यसको इन्टेरियरमा कम्पनीले रेट्रो फिचर्सहरु दिएको देख्न सकिन्छ । बलेट क्याटको सेन्टर कन्सोलमा दुईवटा ‘स्क्रिन ओभल सेप ब्लक’ दिइएको छ । यस कारमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रृन, वायरलेस चार्जिङ पोर्ट पनि पाउन सकिन्छ ।

महिलालाई केन्द्रित गरेर निर्माण गरिएको यो ईभीमा मेकअप स्टोरेज कम्पार्टमेन्ट, लाइटसहितको भ्यानीटी मिरर पनि दिइएको छ । त्यसबाहेक, यसमा सानो साइजको स्टेरिङ ह्वील र स्ट्याण्डर्ड भर्सनमा १० वटा स्पीकर पनि पाउन सकिन्छ ।
यसको लुक्स र डिजाइन बढि फेमिनाइन देखाइएकोमा कम्पनीले पुरुषको तुलनामा महिना सानो हाइटको हुने र उनीहरुको सहजताका लागि तयार गरिएको बताएको छ ।
ग्रेटवाल ओराको बलेट क्याटको इन्फोटेन्मेन्ट सिस्टममा ‘आइ एम वोमन, हियर मिरोर’ बारम्बार सुन्न सकिन्छ । यो फिचरले गाडी थप आकर्षित तुल्याएको छ ।
यसबाहेक यो ईभीमा ‘सेल्फी क्यामेरा’ फिचर पनि पाउन सकिन्छ । यो फिचरले ट्राफिकको समयमा पनि मेकअप गरेको तस्वीर लिन सक्ने र सामाजिक सन्जालमा डाइरेक्ट अपलोड गर्न सक्छ ।
यस ईभीमा भोइस कन्ट्रोल्ड पार्किङ, भ्वाईस कन्ट्रोल रिभर्स, अगाडिको र पछाडिको भागमा सवारी भएको अवस्थामा आवश्यक दुरी कायम बनाउँछ । त्यसैगरी, सवारीलाई खराब मौसममा चलाउन परेमा ‘विन्ड एण्ड वेभ मोड’ दिइएको छ । यो फिचरले गाडीको झ्याल स्वत लगाउनेदेखि एसी एड्जस्ट गर्ने, वाइपर अटोमेटिक एड्जस्ट गर्ने गर्छ ।
समग्रमा, यो ईभी केही ‘कन्ट्रोभर्सियल फिचर्स’को रुपमा रहेका सेल्फी क्यामेरा फिचर, लेडी ड्राइभिङ मोड लगायतले एक महिलाको सवारी चलाउने अनुभब र बढि फोटो खिच्न रुचाउने लगायतका ब्यवहारलाई जनाएको बुझिन्छ ।
खैर, यसको नकारात्मक पक्ष ध्यान नदिएर सकारात्मक पक्ष केलाउँदा यो ईभी निकै राम्रो प्रविधि, फिचर्स र आकर्षक लुक्समा बनेको एक रोमान्चक कारभन्दा फरक पर्दैन ।


