अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने

काठमाडौं । अब ३ महिना (भदौ मसान्तसम्म) कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै असार १ गतेदेखि भदाै मसान्तसम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने कार्यालयले जनाएको छ ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।


Back_to_top