देशभरका भन्सार कार्यालयबाट जाँजपास रोकियो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

काठमाडौं । भन्सार एजेन्टहरूको आन्दोलनका कारण देशभरका भन्सार कार्यालयहरूको सेवा प्रभावित भएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको नयाँ भन्सार ऐनको व्यवस्थाप्रति असहमति जनाउँदै अएजेन्टहरू आन्दोलनमा उत्रिएपछि देशभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपास रोकिएको हो ।

एजेन्टहरूले नयाँ ऐनमा राखिएका दण्ड-जरिवाना, मूल्यांकन, सर्भर समस्यादेखि लिएर पेशागत हकहितसम्मका विषयमा असहमति जनाउँदै देशभर काम बन्द गरेका हुन् ।

एजेन्टहरूले काम नगरेपछि अधिकांश भन्सार कार्यालयबाट सामान आयात निर्यात हुन सकेको छैन । साथै, सरकारले पाउने राजस्व समेत प्रभावित भएको छ ।

देशभरका भन्सार कार्यालय बन्द भएपछि सरकारले एजेन्टहरूलाई वार्तामा बोलाएको छ । भन्सार विभागले भन्सार एजेन्ट महासंघका प्रतिनिधिलाई वार्ताका लागि बोलाएको हो ।


Back_to_top