काठमाडौं । महिन्द्राले आफ्नो सफल मोडल ‘एक्सयूभी ७००’को फेसलिफ्ट मोडल तयार गरेको छ । कम्पनीले आफ्नो सफल एसयूभीको फेसलिफ्ट मोडलको नाम परिवर्तन गरेर ‘एक्सयूभी सेभेन एक्सओ’ बनाउने भएको हो ।
कम्पनीले एक टिजर सार्वजनिक गर्दै फेसलिफ्ट एक्सयूभी ७०० को नयाँ नाम एक्सयूभी सेभेन एक्सओ हुने जानकारी दिएको छ । आगामी जनवरी ५ मा सार्वजनिक हुने एक्सयूभी सेभेन एक्सओ महिन्द्राको लाइनअपमा प्रिमियम मिड साइज एसयूभी हो ।
महिन्द्राको एक्सयूभी सेभेन एक्सओको टिजरमा देखिए अनुसार नयाँ सेभेन आकारको डेटाइम रनिङ लाइट प्रयोग गरेको छ । साथै, ट्रापेजोडियल सेपको एलईडी हेडलाइट युनिट दिएको छ । कम्पनीले यसको फ्रन्ट ग्रिलको डिजाइन पनि परिमार्जन गरेको छ । पछाडिको लाइट पनि परिमार्जन भएर आएको छ ।
भारतीय एसयूभी एक्सपर्ट मानिने महिन्द्राले एक्सयूभी सेभेन एक्सओको इन्टेरियरमा एक्सईभी नाइन एसमा जस्तै ट्रिपल स्क्रीन सेटअपको साथमा ६ र ७ सिटे अप्सन दिने अनुमान गरिएको छ ।
कम्पनीले फेसलिफ्ट मोडलमा पनि पहिलेकै इन्जिनलाई निरन्तरता दिएको छ । महिन्द्रा सेभेन एक्सओमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर क्षमताको डिजेल इन्जिन दिनेछ । यी इन्जिनसँग ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहने छ । एक्सयूभी सेभेन एक्सओको डिजेल भर्सनमा अलह्वील ड्राइभ अप्सन रहने छ ।

