काठमाडौं । बुधबार बिहानैदेखि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मुख्य सडकका चोकचोकमा सेना परिचालन गरिएको छ । सेनाले एक सूचना जारी गर्दै आज बेलुमा ५ बजेसम्म निषेधाज्ञा र भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
सर्वसाधरणलाई अनावश्यक काममा घरबाहिरी ननिस्कन आग्रह गरिएको छ । सडकमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक कामकाजमा हिँडेको व्यक्ति र सवारी साधनमा समेत सेनाले चेकजाँच कडा बनाएको छ ।
अहिले काठमाडौंका अधिकांश सडक सुनसान देखिन्छ । चोकचोकमा सेना उभिएका छन् । एम्बुलेन्स, दमकल, प्रहरी, सेना, अस्पातल, प्रेसका केही गाडी तथा मोटरसाइकल मात्र चलेका छन् ।
जेनजीको आन्दोलको क्रममा मंगलबार काठमाडौंमा विध्वंश मच्चिएपछि राति १० बजेदेखि सुरक्षाको व्यवस्था सेनाले लिएको थियो ।
थप सार्वजनिक सम्पत्तिमा क्षति हुन नदिन, लुटपाट, उच्छृंखल गतिविधि हुन नदिन रातिदेखि सेना परिचालन गरिएको थियो।

