काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्वक सेवाका सवारी साधन संचालन गर्न पाइने जनाएको छ ।
सेनाले एक सूचना जारी गर्दै आज बेलुका ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लागू हने जानकारी गराएको छ ।
सेनाले उक्त अवधिमा अत्यावश्यक बाहेकका सवारी नचलाउन सबैमा आग्रह गरेको छ ।
तर, अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका साधनहरु भने संचालन गर्न पाउने सेनाले जनाएको छ ।
सेनाले आवश्यक सतर्कतासहित सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

