काठमाडौं । मंगलबार दिउँसो साढे २ बजेदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएको छ ।
बुधबार दिउँसो बसेको विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू सुचारु हुनेछ । आन्तरिक उडान भने भोलिदेखि मात्रै सुरू एयरलाइन्स कम्पनीहरूले बताएक छन् ।
हवाई उडानका लागि विमानस्थल आउने यात्रुले हवाई टिकट र परिचय खुल्ने कागजात लिएर आउन विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
मंगलबार देशभर जेनजीको आन्दोलन चर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको थियो ।जसकारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान ठप्प भएको थियो ।
काठमाडौंका विभिन्न ठाउँका सार्वजनिक संरचनामा आगजनी बढेपछि सुरक्षाका कारण विमानस्थल बन्द गरी सेनाले सुरक्षा दिएको थियो ।


