दिगोको ‘अटो कर्निवल सम्पन्न’, तीन सय बढीले गरे अवलोकन

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा अटो कार्निभल २०२४ आयोजना गरेको थियो ।

दिगोको अनुसार सो कर्निवालमा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरुको उपस्तिथि रहेको थियो । सोहि कर्निवलबाट दिगोले ५ वटा ११ सिटर ईभी भ्यान ग्राहकलाई हस्तान्तरण गरेको थियो । साथै, ३३ वटा गाडीको बुकिङ्ग लिएको जानकारी दिएको छ ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज थियो । कुनै पनि ब्राण्डको पुरानो गाडीसँग दिगोका साधन एक्सचेन्ज सुविधा उपलब्ध थियो । दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, एकचेन्जमा थप मूल्याङ्कन, इन्स्योरेन्स उपलब्ध गराएको थियो।

कर्निवालमा गाडीको बिक्रीसँगै व्यबसायिक गाडीहरु भाडामा लिन मिल्ने सुविधा पनि दिगोले प्रदर्शन गरेको थियो । जसमा ग्राहकले ५ लाख रुपैयाँ धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्षसम्म भाडामा लिएर ५ वर्षपछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन मिल्ने अफर दिएको हो ।

यस स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या सबै कम्पनीले नै बेहोर्ने पनि दिगोले जनाएको छ । गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ ।

यस कर्निवलको आयोजना दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र देशभर बिध्युतिया सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गर्दै भने ‘हामीले पहिलो पटक आयोजना गरेपनि राम्रो मात्रामा बुकिङ्ग लिन सफल भएको छौँ । साथै ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौँ । यस कर्निवालमा उपस्थित हुनुभएको सबैजना प्रति हामी निकैनै आभार छौँ ।’

दिगो ग्रुपका संस्थापक राजन रायमाझीले दिगोले गाडीको बिक्री मात्र नभई पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिनमा बढी केन्द्रित रहेको बताए ।

दिगो ग्रुपको ई–स्टप स्टलमा सहभागीहरूले बिध्युतिय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर पाए। यसले दिगोको बिध्युतिया सवारीसाधन बजारमा मात्रै नभई चार्जिङ इन्फ्रास्ट्रक्चरमा पनि लगानी गरिरहेको देखाउँछ।


Back_to_top