यी हुन् नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर, मूल्य ६ लाखसम्म

काठमाडौं । नेपालमा १ लाख ४० हजार रुपैयाँदेखिका इलेक्ट्रीक स्कुटरहरु उपलब्ध छन । अहिले नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक स्कुटरहरु भित्रन थालेसँगै ६ लाख मूल्य हाराहारीका स्कुटरहरु समेत उपलब्ध हुन थालेको छन ।

हालै मात्र प्रिमियम ब्राण्ड सेगवे नाइनवट नेपालमा सार्वजनिक भएको छ । सेगवेले दुई मोडलका स्कुटरहरु विक्री सुरु गरेको हो ।

त्यस्तै सुपर शोको, याडिया, एनआइयू, जस्ता ब्राण्डले प्रिमियम स्कुटरहरु विक्री गर्दै आएको छ । आज हामी नेपाली बजारमा पाइने प्रिमियम इलेक्ट्रीक स्कुटरहरुको बारेमा चर्चा गर्ने छौं ।

१. सुपर शोको सीपीएक्स

सुपर शोको सीपीएक्समा हाइ पावर ४ किलोवाटका क्षमतको मोटर जडान गरिएको छ । यो मोटरले १७१ एनएम बराबरको टर्क जेनेरेट गर्छ । यसमा ६० भोल्ट ४५ एम्पीयरको लिथिएम आयोन ब्याट्री उपलब्ध छ । यसमा डबल ब्याट्री अप्सनसमेत पाउन सकिन्छ । यो स्कुटर सिंगल ब्याट्री अप्सनमा १०० किलोमटिर रेन्ज दिन्छ ।

यो स्कुटरमा एलइडी लाइटस्, यूएबी चार्जिङ पोर्ट, रिमोट कि, एन्टि थेप्ट अर्लाम, डबल डिस्क ब्रेक, राइडिङ मोड, रिर्भस गियर जस्ता फिचर उपलब्ध छन् ।

डि लाइफ स्टाइलले सीपीएक्सको सिंगल ब्याट्री अप्सनको मूल्य ४ लाख ५९ हजार ९०० रपैयाँ र डबल ब्याट्री अप्सनको ५ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

२. एनक्यूआई जीटी

एनआइयूले नेपालमा विक्री गर्ने सबैभन्दा धेरै मूल्यको स्कुटर एनक्यूआई जीटी रहेको छ । यो स्कुटरमा ३ किलोवाटक पावरको मोटर रहेको छ । यसमा ६० भोल्ट २६ एम्पीयर लिथियम आयन ब्याट्री रहेको छ । यसमा डबल ब्याट्री अप्सन रहेको छ । यसलाई एक पटक फुल चार्ज गर्न ३.५ घन्टा लाग्छ ।

यो स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहेको छ । एक पटक फुलचार्ज गर्दा यो स्कुटर १३० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

यो स्कुटरमा यूएसबी चार्जर, एलइडी लाइट्स, इनर्जी रिजेनेरेशन सिस्टम, सीबीएस ब्रेकिङ, जिपीएस ट्रयाकिङ, फास्ट चार्जिङ जस्ता फिचर रहेको छ ।

यो स्कुटरको मूल्य ४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

३. सेगवे इ १२५

सेगवे ई-१२५ मा २.४ वाटको मोटर रहेको छ । यो मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ७५ किलोमटिर प्रतिघण्टा रहेको छ ।

यसमा ७४ भोल्ट २७ एम्पियरको रिमुभएबल लिथिएम आयन ब्याट्री दिइएको छ । यो ब्याट्री प्याकलाई फुलचार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्छ भने यसलाई एकपटक फुलचार्ज गर्दा १२० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

त्यसैगरी, ई-१२५ मा सबै लाइटहरू एलईडी दिइएको छ भने यसमा डिजिटल डिस्प्ले, क्रुज कन्ट्रोल, राइड मोड, हाजार्ड लाइट, यूएसबी चार्जर, रिमोट कि कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटरको तौल जम्मा ८० किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

आइ हब प्रालिले सेगवे नाइनवट ई-१२५ को मूल्य ३ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

४. सि-१ एस

यूरोपमा चल्तीको चिनियाँ ब्राण्ड याडियाले नेपालमा विक्री गर्ने सि-१ एस उत्कृष्ट इलेक्ट्रीक स्कुटर हो । यसमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २.२ किलोवाट पावर प्रदान गर्छ । यसमा १.८ किलोवाट रेटेड पावरको मोटर छ भने टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

याडियाले सि-१ एसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।


Back_to_top