फक्सावगनको कम मूल्यको नयाँ एसयूभी टाइगुन, थाहापाउनुस् ५ तथ्य

काठमाडौं । फक्सवागनले भारतमा बनाउने पहिलो एसयूभी टाइगुन लगभग तयार भएको छ । कम्पनीले प्रोजेक्ट २.० अन्तर्गत उत्पादन गरेको यो एसयूभीमा धेरै जसो फिचर स्कोडा कुशकसँग सहकार्य गरेर निर्माण गरेको हो ।

मिडसाइज एसयूभीमा राम्रो बजार देखेरे कम्पनीले पहिलो स्थानीय उत्पादनको रुपमा टाइगुन निर्माण गरेको हो । यसले भारतीय बजारमा सफल क्रेटा र सेल्टोससँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

कोरियन तथा जापनीज ब्राण्डका धेरै मिड साइज एसयूभी उपभोग गरेका ग्राहकको रोजाइमा टाइगुन एउटा राम्रो यूरोपियन उपहार हुने अनुमान गरिएको छ ।

हाइटेक इन्जिन

भारत निर्मित टाइगुनमा फक्सवागनले दुई इन्जिन अप्सन दिएको छ । १.० लिटर थ्रि सिलिण्डर टिएसआई टर्बो र १.५ लिटर टिएसआई फोर सिलिण्डर इन्जिन यसमा रहने छ ।

१.० लिटर इन्जिनले ११५ हर्सपावर प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीडको म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स दिइएको छ । यसले हुन्डाई क्रेटाभन्दा बढी टर्क प्रदान गर्छ । क्रेटाको पेट्रोल १.५ लिटर इन्जिनले १४४ एनएम टर्क प्रदान गर्छ भने टाइगुनले १७५ एनएम टर्क जेनेरेट गर्नेछ ।

पावर बढी चाहिने ग्राहकले १.५ लिटर क्षमताको इन्जिनमा किन्न सक्ने छन् । उक्त इन्जिनले १५० एचपी पावर तथा २५० एनएम टर्क उत्पादन गर्नेछ । यसमा ६ स्पीडको म्यानुयल तथा ७ स्पीडको डिसीटी अटोमेटिक गियरबक्स रहने छ ।

आधुनिक एमक्यूबी प्ल्याटफर्म

टाइगुनको निर्माण फक्सवागन ग्रुपको चर्चित एमक्यूवी प्ल्याटफर्ममा भएको हो । यो प्ल्याटफर्मलाई उत्कृष्ट अटोमोटिभ आर्किटेक्चरको रुपमा लिइन्छ । यही प्ल्याटफर्ममा फक्सवागनले गल्फ, टिगवान, सुपर्भ तथा क्यू थ्री जस्ता मोडल उत्पादन गरिरहेको छ । टाइगुन यूरोपियन टी क्रसको वेसमा निर्माण हुनेछ । टाइगुन एसयूभीको लम्बाई ४ हजार २१८ एमएम र ह्वीलवेस २ हजार ६५१ एमएम रहेको छ । यसमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स दिएकोले खराव बाटाहरुमा पनि यसको प्रफर्मेन्स उत्कृष्ट रहनेछ ।

फिचरले भरिपूर्ण

यूरोपियन गाडीहरु फिचरको मामिलामा कोरियन तथा जापानीजको दाँजोमा धेरै अगाडि रहेको पाइन्छ । यही यूरोपियन विशेषतालाई मध्यनजर गर्दै फक्सवागनले आफ्नो पहिलो भारतीय उत्पादन फिचर प्याक बनाउनेमा कुनै शंका छैन ।

यसमा माई फक्वागन कनेक्ट एपसहितकोे १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहने छ । यसको क्याविनको अर्को प्रमुख विशेषता भनेको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । यसलाई भर्चूअल ककपिट समेत भनिन्छ ।

यसवाहेक अटोमेटिक क्लाइमेट कन्ट्रोल, युएसबी टाइपसी पोर्ट, वायरलेस चार्जीङ आदि थप फिचरहरु यसमा दिएको छ । सेफ्टीका लागि ६ वटा एयरव्याग, टायर प्रेसर डिफ्लेसन वानिङ, आइएसओ फिक्सड चाइल्ड सिट पाउन सकिन्छ ।

यथेस्ट स्पेस

लम्बाईमा ४.२ मिटर भएकोले वाहिरबाट यो एसयूभी खासै ठूलो देखिदैन । तर, क्याविन स्पेश भने यथेस्ट रहेको छ । यसको ह्वीलवेस क्रेटा तथा सेल्टोसको भन्दा ठूलो भएकाले फक्सवागनले टाइगुनका रियर सिटलाई अग्लो सिटीङ पोजीसन दिएर बढी आरामदायी बनाएको छ । रियर प्यासेन्जरलाई मनग्य लेगरुमको साथै अगाडि सिटको मुनीपट्टी खुट्टा पसाउने स्थानपनि रहेको छ । गाडीको बीचको भागको हाइट कम रहेता पनि यसको फ्ल्याट फ्लोरले तीनजना यात्रा गर्न आरामदायी बनाएको छ ।

यसमा पावर फ्रन्ट सिटको साथै हाई सिटीङ पोजीनका कारण चालकले राम्रो भिजीवीलीटी पाउने छ । एसयूभीको लेन्थ केही सानो बनाएकोले यसमा बुट स्पेश भने कम्प्रमाइज गर्नु पर्नेछ । टाइगुनमा ३३० लिटरको बुट स्पेस रहेको छ । तर, पछाडिको सिट फोल्ड गर्ने अप्सन रहेकोले बुट स्पेशले खासै समस्या गर्ने देखिदैन ।

कम मूल्य

यो एसयूभी क्रेटा र सेल्टोसभन्दा कम मूल्यमा आउने सम्भावना निकै कम छ । यद्यपी फक्सवागनले विक्री गर्ने सबैभन्दा कम मूल्यको एसयूभी भने यही हुनेछ ।


Back_to_top