काठमाडौं । नेपालको सडक संरचनाको विषयमा केही भनिरहनु पर्दैन । उपत्यका लगायतका सहरी क्षेत्रमा नै मुख्य बाटो छाडेरै सबै बाटाहरुमा ठूल ठूला खाडल परेको भेटिन्छ ।
उपत्यकामा नै खाल्डोमा गाडी, मोटरसाइकल र बस ट्रकसमेत फसेको हामीले देखेका छौं । यसले हाम्रो सडक पूर्वाधारको अवस्थालाई देखाउँछ । सडक पूर्वाधार गतिलो नभएपनि युवाहरु मोटरसाइकलमा घुम्न खुबै मनपराउने गरेको देखिन्छ । त्यसको लागि जस्तो सुकै बाटो सुहाउदो मोटरसाइकल हुनु पर्छ ।
मोटरसाइकल लिएर ग्रुपमा राइड जानेदेखि सोलो राइडमा जानेको यूवाहरुको संख्या पछिल्लो समय धेरै वृद्धि भएको छ । यूवामा देखिएको आकर्षणलाई पुरा गर्न कम्पनीहरुले विभिन्न किसिमका टुरिङको लागि उपयुक्त मोटरसाइकल बजारमा ल्याइरहेका छन् ।
यस्तोमा हामीले युवा लक्षित ३ एड्भेन्चर मोटरसाइकलको विषयमा जानकारी दिने प्रयास गरेका छौं । यी तीन वटै मोटरसाइकल लामो र अफरोड यात्राको लागि उपयुक्त मानिन्छ ।
१. बेनेली टिआरके २५१
बेनेली टीआरके २५१ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा अधिकतम २५ पीएस पावर र ७५०० आरपीएममा २१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यसमा अपसाइड डाउन फर्क, ठूलो डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिएको छ ।
केटीएम इन्टरनेशनल ट्रेडिङले यसलाई नेपाली बजारमा ६ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
२. केटीएस २५० एड्भेन्चर
केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।
यसको मूल्य ८ लाख १९ हजार रुपैयाँ रहेको छ ।
३.बीएमडब्लू जि ३१० जिएस
एड्भेन्चर टुरर बाइक बीएमडब्लू जी-३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएच पावर र २८ एनएम-टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एड्भेन्चर मोडलले राम्रो पफर्मेन्ससमेत देखाइरहेको छ । जी ३१० जीएसको अधिकतम् स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

जी-३१० जीएसमा फोर पिस्टन क्यालिपर ३०० एमएम फ्रन्ट डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर-२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी-३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि-लोडेड एड्जस्टेवल मोनोशक राखिएको छ ।
रातो र कालो रंगको बिएमडब्ल्यू जी-३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ ताकेर विक्री गर्दै आएको छ ।

