देखियो मारुती सुजुकीको मिडसाइज एसयूभी, क्रेटालाई टक्कर दिने अनुमान

काठमाडौं । मारुती सुजुकीले मिड साइज एसयूभी बजारमा ल्याउने तयारीलाई तिब्र बनाएको छ । यही सेग्मेन्टमा क्रेटा, सेल्टोस, कुशक र किक्स जस्ता एसयूभी विक्री भइरहेका छन् ।

कम्पनीको नयाँ एसयूभी भारतको गुरुग्राम रहेको मारुतीको प्लान्ट नजिकै देखिएको तस्विर मिडियाहरुले सार्वजनिक गरेका छन् । नयाँ गाडी ट्रकमा राखेको अवस्थामा देखिएको हो ।

सुजुकीले धेरै दशक अगाडिदेखि भिटारा अन्तर्राष्ट्रिय बजारमा विक्री हुँदै आएको छ । केही महिना अघि मात्रै पनि भिटारा नेपालमा विक्री सुरु भएको छ । भारतमा बन्ने नयाँ एसयूभीकाे नाम के हुन्छ भन्ने विषय बाहिर आएको छैन ।

सुजुकी भिटाराबाट प्रेरित नयाँ एसयूभी भारतमा उत्पादन भएसँगै यसको मूल्यपनि कम हुने अनुमान गर्न सकिन्छ । विशेषत अहिलेका प्रतिस्पर्धीहरुलाई हेरेर नै नयाँ मोडलको मूल्य निर्धारण हुनेछ ।

तस्विरमा देखिए अनुसार ५ सिटर यो एसयूभीमा सिग्नेचर भर्टिकल क्रोम ग्रिल स्लाट् रहेको छ । बीचमा सुजुकीको लोगो, सार्प लुकिङ हेडल्याम्प, एलइडी टेल ल्याम्प जस्ता फिचर बाहिर आएको तस्विरले संकेत गर्छ ।

यसको लम्बाई ४२०० एमएम १७८० एमएम चौडाइ र १६२० एमएम उचाई हुने अनुमान गरिएको छ । सुजुकी भिटारा भारतीय स्पेकको ह्वीलवेस भने २५०० एमएमको रहने छ ।

अहिलेको अन्तराष्ट्रिय बजारमा विक्री भइरहेको भिटारामा १.४ लिटर इन्जिन रहेपनि भारतमा १.५ लिटर इन्जिन नै प्रयोग हुने अनुमान गर्न सकिन्छ । यसको पावर ब्रेजाको भन्दा धेरै हुनेछ ।


Back_to_top