होन्डाको सस्तो एड्भेन्चर मोटरसाइकलको डेलिभरी सुरु, कहिले आउला नेपाल

काठमाडौं । होन्डा सीबी २०० एक्सको भारतीय बजारमा डेलिभरी सुरु भएको छ । कम्पनीले केही दिन अघि सार्वजनिक गरेको एड्भेन्चर मोटरसाइकलको डेलिभरि सुरु गरेको हो ।

यो मोटरसाइकलले हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा डेलिभरि सुरु भएसँगै नेपाली बजारमा समेत यसको चर्चा चुलिएको छ । नेपाली बजारमा एक्सपल्स २०० सफल मोटरसाइकलको रुपमा स्थापित भइसकेको छ । यसकारण पनि होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले चाडै नै भित्र्याउने अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय स्याकार ट्रेडिङले आक्रमक रुपमा नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याइरहेको छ । कम्पनीले केही समय अगाडि मात्रै हौन्डा सीबी ३५० हाइनेस, सीबी ३५० आरएस र हर्नेट २.० भित्र्याएको छ । अबको तीन महिना भित्र होन्डा सीबी २०० एक्स नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । गोल्डन कलर अपसाइड फ्रन्ट सस्पेन्सन तथा रियरमा मोनोशक सस्पेन्सनले यसलाई आरामदायी टुरर बाइक बनाएको छ ।

डिजिटल इन्स्टुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील, कि अन फ्यूल ट्याङक यसमा उपलब्ध मुख्य फिचर हुन् । यसमा दिइएको इन्जिनले हर्नेट २.० को समान १७.३ पीएस पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top