तीन वर्ष भित्रै चीनका ३ चर्चित इलेक्ट्रीक कार निर्माता संकट पर्ने

काठमाडौं । चीनमा ईभी बुमसँगै उदायका स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनीहरु तीन वर्ष भित्र मर्ज वा रिस्ट्रक्चर नभएमा बैकरप्ट हुन प्रक्षेपण गरिएको छ । चीनमा आयोजना भएको ‘अटो मार्केट हट टपिक्स प्लस’ कार्यक्रममा उक्त प्रक्षेपण भएको हो ।

‘टेनसेन्ट न्यूज प्यानल’ले आयोजना गरेको उक्त अटो मार्केट हट टपिक्स प्लस कार्यक्रममा बोल्दै स्कुल अफ अटोमोटिभ इन्जिनियरिङका प्रोफेसर झु जिकान स्टार्टअप अटोमोवाइल कम्पनीले आर्थिक संकट भोग्नु पर्ने र बैकरप्ट हुने बताएका हुन् ।

उनका अनुसार चीनमा वार्षिक २० लाखभन्दा कम ईभी उत्पादन गर्ने कम्पनी बाँच्न सक्ने छैनन् । विद्युतीय कारमा ‘आर एण्ड डी कस्ट’ धेरै हुने भएकाले ईभीको स्केल २० लाखभन्दा बढी हुनै पर्ने उनको दावी छ । यदि, आर एण्ड डी कस्ट घटाउने हो भने टेक्नोलोजीको विकास रोकिने र प्रतिस्पर्धाबाटै बाहिर पुग्ने उनको भनाइ छ ।

अहिलेको बजार अध्ययन गर्दा चीनमा सबैभन्दा राम्रो अवस्थामा ‘ली अटो’ रहेको छ । एक्सपेङले सफ्टवेरमा धेरै लगानी गरेपनि हार्डवेरमा बेवास्ता गरिरहेको छ । त्यस्तै नियोका सीईओ विलियम ली भने ईभीको वातावरण बनाउन केन्द्रित देखिन्छन् । उनको ध्यान आर एण्ड डीमा गरिने लगानीमा छैन ।

अर्का प्यानलीस्ट चाइना अटोमोवाइल डिलर्स एसोशिएशनका एक्सपर्ट कमिटिका सदस्य ली यानवेईका अनुसार ली अटो इलेक्ट्रीक भेहिकल मार्केटमा अन्य दुई स्टार्टभन्दा सफल हुने सम्भावना देख्छन् । उनी भन्छन्, ‘उसको अल इलेक्ट्रीक मोडहरु जस्तै इआरइभी मोडलहरु पनि सफल भएमा यसको बजार हिस्सा बढ्न गई बिक्री र फाइदा समेत बढ्नेछ ।’ लीका अनुसार अहिले चिनियाँ बजारमा रहेको धेरै ईभी ब्राण्डहरु मृत हुनेछ । यी नयाँ ब्राण्डहरु बीवाइडीको अगाडि टिक्न सक्ने छैनन् ।

अर्का विश्लेषक यिरानका अनुसार कुनै पनि ईभी ब्राण्ड चल्नका लागि २० लाख युनिटको थ्रेसहोल्ड हुने हो भने चीनमा बिक्री हुन सक्ने २ करोड वार्षिक ईभीले जम्मा १० वटा कम्पनीलाई मात्र बचाउनेछ ।

पछिल्लो समयमा चीनका देखिएको साओमी एसयू-७ को बिक्री कारको डिजाइन र फिचरका कारण मात्र नभई ग्राहकहरुको बुझाई यसको उत्पादक ठूलो र बलियो ब्राण्ड साओमी भएकाले पनि हो । साओमीको ठूलो फाइनान्सीयल व्याकीङ भएका कारण ग्राहलाई यो ब्राण्ड पक्कै टिक्छ भन्ने कन्फिडेन्स समेत भएर हो । जसको फलस्वरुप ग्राहकहरु यो कम्पनीको लाइनअप र रिसेल भ्यालुमा उति चासो दिएको देखिदैन ।

चीनमा स्टाटसको लागि ईभी किन्नेको पहिलो रोजाइ टेस्ला रहेको छ । यसलाई ग्लोबल ईभी ब्राण्डको रुपमा लिएको पाइन्छ । टेस्लाका कारहरु रिकन्डिसनमा पनि सहजै किनिने र रिसेल भ्यालु पनि राम्रै पाउन सकिन्छ ।

उक्त प्यानल डिस्कसनको अन्त्यमा चिनियाँ इभी मार्केट बीवाइडीको कस्ट कन्ट्रोल र टेस्लाको स्केलले डोमिनेट गरिरहेको छ । चिनियाँ ३ प्रमुख ईभी स्टार्टअप नियो, एक्सपेङ र ली अटो टिक्ने हो भने अझै बलियो बन्र्नेछ । नयाँ टेक्नोलोजीको पुनः आविष्कार गर्नु पर्छ वा लोप हुन तयार भए हुन्छ ।

प्रोफेसर झु जिकानले बलियोसँग भनेकै छन्, ‘यी कम्पनीहरु ३ वर्षपछि पनि एक्लै बाच्ने सम्भावना जिरो बरावर मात्रै छ ।’

स्रोतः कार न्यूज चाइना 


Back_to_top