मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गर्दै पार्टपूर्जा निकालेर बिक्री गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई हात्तीगौँडास्थित संकटा मन्दिरमा पार्किङ गरेर राखेको बाप्र. ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपूर्जा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हात्तीगौँडामा बस्दै आएका कानेपोखरी गाउँपालिका-६ का ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगंगा गाउँपालिका-२ का २८ वर्षीय नरबहादुर चित्रे र ३८ वर्षीय करण खड्गी छन् ।


Back_to_top