भारतीय अभिनेता ट्राइगर सर्राफ भारतमा बनेको कियाको पहिलो एसयूभी सेल्टोसको ब्रान्ड एम्वेस्डर बनेका छन् । कम्पनीले टीभीसीमा आफ्नो कार रिलिज गदै सर्राफलाई ब्रान्ड एम्बेस्डर राखेको औपचारिक घोषणा गरेको हो ।
भारतमा बनेको कियाको पहिलो एसयूभी सेल्टोस केही दिन अगाडि सार्वजनिक भएको थियो । कियाले यो कार २०१८ को अटो एक्सपोमा एसपी कन्सेप्टको रुपमा प्रदर्शनी गरेको थियो ।
कियाको नयाँ एसयूभी सेल्टोसले टाटा ह्यारियर, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा गर्नेछ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ ।
यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् । यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा भने किया मोटर्सका उत्पादन सिधै कोरियाबाट ल्याएर बिक्री वितरण हुँदै आएकोमा अब भारतीय उत्पादन समेत आउने कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले जानकारी दिएको छ ।

