२२ लाख सुरुवाति मूल्यमै आउला टाटाको इलेक्ट्रीक कार ‘टिगोर’

काठमाडौं । टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार नेपाल आउने भएको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक कार ’टिगाेर इभी’को अपडेटेड भर्सन ल्याएसँगै भारतमा सर्वसाधारणलाई बिक्री सुरु गरेको थियो । अब भने कम्पनीले उक्त इलेक्ट्रीक कारलाई नेपाली बजारमा बिक्री सुरु गर्ने भएको हो । संभवत कम्पनीले आगामी जनवरीबाट यसको नेपालमा बिक्री सुरु गर्नेछ । 

यसअघि भारतको सरकारी निकायलाई बिक्री गर्न उत्पादन गरिएको भन्दा नयाँ भर्सनमा ठूलो ब्याट्री प्याक दिइएको छ । 

कम्पनीले टिगोर इभीलाई भारतमा एक्सई प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरी ३ भेरियन्टमा उपलब्ध गराएको छ । तर, नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने विषयमा केही खुलाइएको छैन । यसको भारतमा सुरुवाति मूल्य ९ लाख ४४ हजार रुपैयाँदेखि १३ लाख ९ हजार भारुसम्म तोकिएको छ ।

भारतीय बजारमा बिक्री हुने सुरुवाति मूल्यको कारको मूल्य २२ लाखदेखि टप स्पेकको नेपाली बजारमा ३० लाख रुपैयाँ हारहारीमा पर्ने अनुमान गरिएको छ ।

टिगोर इभीले एक पटकको फूल चार्जमा २ सय १३ किलोमिटरसम्म चल्न सक्छ । यसअघिको टिगोर इभीमा १६.२ केडब्लुएचको ब्याट्री प्याक रहेकोमा नयाँमा २१.५ केडब्लुएच ब्याट्री प्याक दिइएको छ । नयाँ कारमा ७२ भी–३ फेस एसी इन्डक्सन मोटर छ । जसले ४५ सय आरपीएममा ३० केडब्लू पावर र २५ सय आरपीएममा १ सय ५ एनएम टर्क उत्पादन गर्छ । यो कारमा दुई ड्राइभिङ मोड रहेको छ ।

नयाँ कारको ग्रिलमा दिइएको सिग्नेचर इभी डिकेलले कारलाई आकर्षक बनाएको छ भने पहिलेभन्दा रिडिजाइन गरिएको अलोय ह्वील दिइएको छ । सर्क फिन एन्टेना, एलइडी स्टप ल्याम्प र व्ल्याक ग्रे कलरको ड्यासबोर्डले कारलाई निकै उत्कृष्ट बनाइएको छ । 

कम्पनीले पब्लिकलाई बिक्री गर्ने टिगोर इभी बिभिन्न तीन कलर अप्सनमा बजारमा ल्याएको छ । जसमा ह्वाइट, व्ल्यू र सिल्भर रहेका छन् ।  


Back_to_top