महिन्द्राले एक्सयूभी सिरिजमा नयाँ मोडल ल्याउँदै, तयार हुँदै ‘एक्सयूभी ४००’

गत फेब्रुअरीमा एक्सयूभी ३०० सार्वजनिक गरेको महिन्द्रा कम्पनीले सात सिट क्षमताको एक्सयूभी ४०० ल्याउने तयारी गरेको छ । ‘एस–२०४’ कोड नेममा निर्माण भइरहेको यो मोडल परिक्षणको क्रममा रहेको छ । 

यसको अगाडिको भागमा कम्प्राइज चंकी क्रोम बार लगाएको छ भने, बटममा सपल लुकिङ हेडल्याम्पसँगै एलइडी प्रोजेक्टर ल्याम्प र डिआरएलएसको विशेषता दिइएको छ ।

यसको फ्रन्ट साइडमा लोअर बम्पर, फग ल्याम्पसँगै एलइडी लाइट, फरक डिजाइनको अलोय ह्वील दिइएको छ । यसमा एक्सयूभी ३०० मा नै उपलब्ध इन्जिन लगाइएको कम्पनीले जनाएको छ । 

यसमा उपलब्ध १.२ लिटर फोर सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै २ हजारदेखि ३५ सय आरपीएममा २०० एनएम टर्क उत्पादनको क्षमता राख्छ ।

आकर्षक इन्फोटेनमेन्ट सिस्मटको अलवा यसमा भ्वाइस असिस्ट, इन्टरनेट कनेक्टिभिटी, हाइट एडजस्टेबल ड्राइभर सिट, हेडरेष्ट, रियर एसी भेन्टको विशेषता दिइएको छ । 

एक्सयुभी ४००, सन् २०२०मा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यसको मूल्य एक्सयुभी ३०० को भन्दा केही बढि  र एक्सयुभी ५००को भन्दा केही कम हुने बताइएको छ । 


Back_to_top