काठमाडौं । सवारी साधन किने पछि घरमा लगेर आफ्नो आवस्यकता अनुसार हामीले प्रयोग गर्ने गरेका छौं । तर, बीमा कसरी गर्ने, बीमा गर्दा कस्ता किसिमका जोखिम बहन हुनेछ लगायतका बिषयमा कुनै जानकारी र चासो राख्ने गरेका छैनौं ।
सरकारले सवारी धनी पुस्तक नबिकरण गर्ने समयमा होस् वा किन बेच गर्ने समयमा अनिर्वाय तेस्रो पक्ष बीमा गर्नुपर्ने प्राबधान राखेकाले सरकारी फर्मालिटि पुरागर्न मात्रै बीमागर्ने चलन रहेको छ ।
कुनै दुर्घटना भयो र सवारी साधन भित्र रहेका चालकलगायत अन्य मानिस घाइते भएको खण्डमा उपचारमा लाग्ने खर्चको दायित्व बीमा कम्पनीले ब्यर्होने छ ।
करोडौ मुल्यको सवारी साधन सडकमा लिएर हिड्ने तर, त्यसको बीमा गर्दा कसरी र कति जोखिम हस्तान्तरण गर्नु पर्छ भन्नेसम्म बुझन आवस्यक नरहेको बुझाई हाम्रो समाजमा विद्यमान रहेको छ ।
तपाई आफ्नो सवारीसाधनको लागि बीमा लेख किन्दै हुनुहुन्छ भने तपाईले जोखिम हस्तान्तरण गर्न चाहेको कुरामा आफु निश्चित हुनुहोस् । त्यसमा पहिले सरकारले अनिर्वाय गरेको तेस्रो पक्ष बीमा आउँछ भने अर्को सम्पूर्ण बीमा आउन्ँछ ।
तेस्रो पक्ष बीमा
यसमा कुनै ब्यक्तिलाई तपाईको सवारी साधनले ठक्कर दिएर उसको मृत्यु भएमा वा घाइते भएमा बीमा कम्पनीले तपाईको जोखिम बहन गर्ने छ । साथै अर्को ब्यक्तीको सवारी साधनमा ठक्कर दिएको खण्डमा त्यसको दायित्व बीमाले कभर गर्ने छ ।
सम्पूर्ण बीमा
यदी कुनै सावारीधनीले सम्पूर्ण बीमालेख खरिद गरेको छ भने, उसले कुनैपनि किसिमको दायित्व आफुले ब्योहोर्नु पर्ने छैन । जसले सम्पूर्ण बीमा गरेको हुन्छ उसले आफ्नो सवारी साधनबाट सृजनाहुने दायित्व बीमा कम्पनीमा हस्तान्तरण गरेको हुन्छ ।
कुनै दुर्घटनाबाट तपाईको सवारी साधनमा क्षति पुगेमा त्यसको पुनः निर्माण वा परिर्वतनमा लाग्ने खर्चको दायित्व यो बीमालेखले कभर गर्ने छ । साथै, कुनै दुर्घटना भयो र सवारी साधन भित्र रहेका चालकलगायत अन्य मानिस घाइते भएको खण्डमा उपचारमा लाग्ने खर्चको दायित्व बीमा कम्पनीले ब्यर्होने छ ।
यस बीमालेखले सडकमा कसैले तपाईको सवारी साधनलाई हानेर भागेको खण्डमासमेत तपाईको सवारी साधनको क्षति बीमा कम्पनीले ब्योर्होने छ ।