१ लाख ४३ हजारमै पाइन्छ नयाँ मोटरसाइकल, यी हुन् नेपालमा पाइने सस्ता ५ मोडल

काठमाडौं । नेपालमा पछिल्लो समय सस्ता मोटरसाइकल आउनेक्रम बढ्दो छ । नेपालमा बिक्रीलागि आउने दर्जनौ मोडलका मोटरसाइकल मध्ये केहीभने १ लाख ५० हजार रुपैयाँभन्दा पनि सस्ता छन् । 

रनर आरटी

नेपालमा आउने सवैभन्दा सस्तो बाइक रनरको आरटी मोडल हो । रनर बाइक नेपालमा रमन मोटर्सले बिक्रीगर्दै आएको छ । उक्त मोडलको मूल्य १ लाख ४३ हजार रुपैयाँमात्रै रहको छ । ८० सीसी क्षमतमा रहेको उक्त मोटरसाइक गत वर्षबाट मात्रै नेपालमा बिक्री सुरु भएको हो । 

महिन्द्र सेन्टेरो रकस्टार

नेपाल आउने सस्तो मोटरसाइकलको सूचीमा महिन्द्र सेन्टेरो रकस्टार  मोडल पर्दछ । नेपालमा अग्नि इनकर्पोरेटले नेपालमा बिक्रीगर्दै आएको छ । उक्त मोटरसाइकलको मूल्य १ लाख ५१ हजार ५  सय रुपैयाँ रहेको छ । यस मोडलको इन्जिन क्षमता १ सय १० सीसी रहेको छ । 

बजाज प्लाटीनम 

बजाज मोटरसाइकलको प्लाटिनम मोडलको बाइकको मूल्य नेपालमा १ लाख ५६ हजार  ९ सय रुपैयाँ रहेको छ । १ सय सीसी इन्जिन क्षमता रहेको उक्त मोडल नेपालमा धेरै वर्षदेखि बिक्रीवितरण हुदैं आएको छ । हन्सराज हुलास चन्द्र एन्ड कम्पनीले नेपालमा बजाजको मोटरसाइकल बिक्रीगर्दै आएको छ । 

टिभिएस स्टारसिटी 

टिभिएस मोटरसाइकलको नेपालमा जगदम्बा मोटर्सले बिक्रीगर्दै आएको छ । टिभिएस स्टारसिटीको मूल्य नेपालमा १ लाख ६२ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा जडान भएको इन्जिनको १ सय सीसी क्षमता रहेको छ । 

सुजुकी ह्याते न्यू 


भिजी सुजुकीले नेपालमा बिक्रीगर्र्र्दै आएको सुजुकी मोटरसाइकल सस्तोदेखि महंगोसम्मका रहेका छन् । नेपालमा बिक्री हुने सुजुकीको सवैभन्दा सस्तो मोडल सुजुकीह्याते न्यू मोडल हो । जसको बजार मूल्य १ लाख ७१ हवार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top