काठमाडौ । मोटरसाइकलबाट कारमा सिफ्ट हुनेका लागि कुन कार किन्ने भन्ने दुविधा हुने गरेको छ । यसरी सिफ्ट हुने अधिकांसले इन्ट्रि लेवलका कार खरिद गर्ने गरेका छन् । त्यसमा पनि सस्तो तथा माइलेज दिने कार धेरैको रोजाइमा पर्छ । नेपामा भारतदेखि चीनहुदै विश्वका प्रख्या ब्राण्डका कारसम्म उपलब्ध रहेका छन् । नेपालका लागि भारतमा उत्पादित कार नै सस्तो हुने गरेको छ । धेरै जसो कार निर्माता कम्पनीहरुले भारतमा उत्पादन प्लान्ट राखिसकेका छन् ।
यहाँ नेपालमा उपलब्ध केही सस्ता कार र तीनको मूल्य उल्लेख गरिएको छ :
ड्याटसन रेडिगो
जापानीकार निर्माता कम्पनी ड्याटसनको कार नेपाली बजारमा सबैभन्दा सस्तोमा पाइन्छ । ड्याटसनको रेडिगो नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँमा पाइन्छ जुन नन्–अप्सन मोडल हो ।
कम्पनीले यसमा ५४ वीएचपी क्षमता भएको ०.८ लिटरको इन्जिन जडान गरेको छ । यो इञ्जिनले प्रतिलिटर २५.१७ किलोमिटर पार गर्न क्षमता प्रदान गर्छ । नेपालीबजारमा रेडिगो विभिन्न सात अप्सनमा उपलब्ध रहेका छन् । ड्याटसन कार नेपाली बजारमा पायोनियर मोटो कर्पले बिक्रीगर्दै आएको छ ।
मारुती अल्टो ८००
नेपालमा ट्याक्सीसहित सबैभन्दा धेरै बिक्री हुने सवारी हो मारुती अल्टो ८०० । चौधरी समूहअन्तर्गतको अरुण इन्टिरकन्टिनेन्टल ट्रेडर्सले नेपाली बजारमा ल्याएको मारुती अल्टो ८०० को बजार मूल्य १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । अल्टो ८०० नेपाली बजारमा विभिन्न तीन मोडलमा उपलब्ध छन् ।
अल्टो ८०० भारतमा सबैभन्दा लोकप्रिय कारको रुपमा रहेको र यसले सबैभन्दा बढी माइलेज प्रदान गर्छ । यसमा ७९६ सीसी इञ्जिन क्षमताको मोटर लगाइएको छ, जसले ४८ एचपीपावर दिने गर्छ ।
हुन्डाईइओन
८ सय १४ सीसी इन्जिन क्षमताको हुन्डाई इओन कारको मूल्य नेपाली बजारमा १६ लाख ९६ हजार रहेको छ । कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल रहेको छ । हुन्डाईको इओन कार नेपाली बजारमा लोकप्रिय रहेको छ । ८ सय १४ सीसी इन्जिन क्षमतामा यो कार ३ मोडलमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
रेनो क्वीड
फ्रान्सेलीकार कम्पनी रेनोको नेपालका लागिआधिकारिक बिक्रेता एडभान्स अटोमोबोइले ल्याएको रेनो क्वीडको मूल्य १९ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ । यो कम्पनीको इन्ट्रिलेवल कार हो । ०.८ लिटर इन्जिन क्षमताका साथै एन्ट्री लेभल ह्याचब्याक सेग्मेन्टमा निर्माण भएको यो कारमा प्रशस्त स्पेश रहेको छ । ०.८ लिटर इन्जिनमा उपलब्ध क्वीड ३ अप्सनमा उपलब्ध रहेको छ ।
टाटा टियागो