स्टार्टअप अटो ब्राण्डमा ‘किङ’ बन्दै लीपमोटर, टप १० मा कुन कुन परे ?

काठमाडौं । चिनियाँ स्टार्टअप अटोमोबाइल ब्राण्डमा लीपमोटर ‘किङ’ बन्दै गएको छ । निरन्तर बढ्दो बिक्रीले लीपमोटरलाई ‘राजा’ बनाएको हो ।

युरोपियन ब्राण्ड स्टेलान्टीको प्रवेश अगाडि मासिक ६/७ हजार युनिट कार बिक्री गर्दै आएको लीपमोटरले त्यसपछि तीव्र गतिमा बिक्री बढाउन सफल भएको छ । अक्टोबर २०२५ को बिक्री तथ्यांक सार्वजनिक हुँदा उसले एक महिनामै ७० हजार २८९ युनिट होलसेल बिक्री पाएको हो ।

लीपमोटरलाई पच्छाइरहेको हिमा अटोले पनि निकै राम्रो बिक्री भेट्टाएको छ । कम्पनीले ६८ हजार २१६ युनिट कार बिक्री गर्दै आफूलाई लीपमोटरको बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ ।

तेस्रो धेरै कार एक्सपेङले बिक्री गर्न सफल भएको छ । एक्सपेङले ४२ हजार १३ युनिट कार बिक्री गरेको छ । अक्टोबरमा नियोले पनि निकै राम्रो बिक्री पाएको हो । नियोले ४० हजार ३९७ युनिट कार बेच्दै चौथो स्थान सुरक्षित गरेको हो ।

निकै महँगो कार बिक्री गर्दै आएको साओमी पाँचौं स्थानमा पर्न सफल भएको छ । साओमीले पनि ४० हजार युनिट होलसेल बिक्री पाएको हो । छैटौं स्थानमा रहेको दीपलले ३६ हजार ७९२ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।

सूचीको सातौं स्थानमा एलआई अटो परेको छ । एलआई अटोले अक्टोबर महिनामा ३१ हजार ७६७ युनिट कार बिक्री गर्दा आठौं स्थानको भोयाले १७ हजार २१८ युनिट बिक्री गरेको हो ।

सूचीको नवौं र दशौं स्थानमा दुवै प्रिमियम कार उत्पादन गर्ने ब्राण्ड परेका छन् । अल्ट्रा प्रिमियम लग्जरी ब्राण्ड अवतारले १३ हजार ५०६ र प्रिमियम लग्जरी ब्राण्ड आइएम मोटर्सले १३ हजार १५९ युनिट कार बिक्री गरेका हुन् ।


Back_to_top