काठमाडौं । नेपालको अटोमोबाइल बजार अहिले विकल्पै विकल्पले परिपूर्ण छ । तपाईंले बजारमा पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक सबै किसिमका सवारी साधनमा आफूलाई मन पर्ने र चित्त बुझ्ने विकल्प छनोट गर्न सक्नुहुन्छ ।
यस्ता फरक इन्धनबाट चल्ने गाडीहरूको प्रत्येकले गर्ने प्रदर्शन, माइलेज, रेन्ज, डिजाइन र प्रविधिमा आफ्नै विशिष्टकृत विशेषता उपलब्ध गराइएको हुन्छ । गाडी उत्पादकहहरू प्रतिस्पर्धी बजारमा टिक्न नै आफ्नो उत्पादनलाई फरक देखाउन प्रयासरत हुन्छन् ।
गाडी किन्नेले शोरुममा पुगेर सोध्ने इन्जिन, माइलेज, मोटर, रेन्ज, रिसेल भ्यालू यी र यस्तै कुरा धेरै हुन्छन् । तर, यी सबै आकर्षक पक्षहरू १/२ प्रतिशतभन्दा धेरथोर हुँदैन । सबैले राम्रै अफर गर्छन् । यहाँ खरिदकर्ताले नगर्ने वा वेवास्ता गरेर गाडी किन्ने निर्णय गर्ने महत्वपूर्ण कुरा ‘पिस अफ माइण्ड’ हो ।
पिस अफ माइण्ड कुनै विलासिताको वस्तु होइन । यो नितान्त विश्वास हो, जुन सबैलाई आवश्यकता हुन्छ । चाहे पेट्रोलबाट चल्ने एसयूभी होस् कि इलेक्ट्रीक साधन यी गाडी कुनै पनि समय कुनै पनि ठाँउमा पुगेर बिग्रन सक्छ । बिग्रेको खण्डमा के गर्ने भन्ने कुरा पिस अफ माइण्डसँग जोडिएर आउँछ ।
त्यसको लागि गाडी बिक्रेता कम्पनीले दिने सर्भिसको विषयमा जान्नु पर्ने हुन्छ । बिक्रेताको विषयमा बुझ्दा सकभर ब्राण्डप्रति ढुक्क भएर आफूले चढेको गाडी बीच बाटोमा बिग्रिए पनि सहज पार्टपुर्जा र सर्वसुलभ मूल्यमा बिक्रीपछिको सेवा पाइन्छ भन्ने आभास खरिदकर्तालाई हुन जरुरी हुन्छ । त्यही आभास नै वास्तविक शान्ति वा सन्तुष्टि हो । यसमा खरिदकर्ता सधैँ चुकेको हामीले देखेका छौं । पछि, गाडी बिग्रिएपछि शोसल मिडियाबाट अनेकौं हत्कण्डा मच्चाएको अनुभव गरेकै छौं ।
तपाईंले समयमा नै सर्भिस पाउने ग्यारेन्टी भएको खण्डमा धेरै कुराको तनाव लिइरहनु पर्दैन ।
नेपालमा सडक अवस्था, बिक्रीपछिको सेवा दिने पूर्वाधार र सरकारको अटोमोबाइल क्षेत्र प्रतिको नीति अझै विकासकै चरणमा छ । त्यसैले उपभोक्ता नै सहजक बन्नु पर्ने देखिन्छ । विश्वसनीय उत्पादन छनोट गर्ने र सेवाका बारेमा भरोसा गर्ने र आफ्नो खरिद निर्णय गर्ने मानिसले पिस अफ माइण्ड प्राप्त गर्न सक्छ ।
ध्यान बढी फिचरमा
आजकल गाडी किन्ने मानिसको ध्यान मूल्य, फिचर र डिजाइनमा केन्द्रित भएको हामीले पाएका छौं । जुन स्वाभाविक पनि हो । सबैले आफ्नो गाडी फिचर लोडेड होस् भन्ने चाहन्छन् । तर, केवल यी विषय मात्रै ध्यानमा राखेर गाडी किन्ने निर्णय लिनु उपयुक्त हुँदैन ।
सवारी साधन हाम्रो दैनिक जीवनको साथी हो । यसले परिवार, पेशा र जीवन को उद्देश्यलाई जोड्छ । जब तपाईंलाई आफ्नो सवारी साधनप्रतिको विश्वास भरोसा योग्य हुन्छ, तब मात्र दैनिक जीवनको दौड सहजरुपमा लगाउन सकिन्छ । चिन्तामुक्त गाडीको स्वामित्वले त्यसको मर्मत र सेवाको झन्झटभन्दा टाढा राख्दै आफ्नो काम र परिवारमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।
स्मार्ट प्रयोगकर्ताले फिचर मात्रै हेरेर गाडी नकिनी आफ्नो आवश्यकता र भरोसा योग्य ब्राण्ड छनोट गर्छ । जसको सहयोगले उसको दैनिकी ढुक्कसँग चल्न सकोस् ।
सर्भिसले ढुक्क बनाउँछ
यदि, कार बारम्बार बिग्रिन्छ वा सेवा सुविधा ढिलो प्राप्त हुन्छ भने, त्यसले अनावश्यक मानसिक तनाव सिर्जना गर्छ । सानो असुविधाले पनि ध्यान र कार्यक्षमता घटाउन मद्दत गर्छ । यसको विपरीत, भरपर्दो सवारीले मनलाई निश्चिन्त बनाउँछ । जसले पेशागत र व्यक्तिगत दुवै जीवनमा सकारात्मक प्रभाव पार्छ ।
पारदर्शी बिक्रीपछिको सेवा र ब्राण्डको दीर्घकालीन प्रतिबद्धताले समाजमा विश्वास भरोसा र स्थिरता ल्याउँछ । गाडी बिक्रेताहरूसँग भएको दक्ष जनशक्तिको अवस्था, सहज रूपमा पार्टपुर्जाको उपलब्धता र बजारमा स्थायी उपस्थिति ध्यान दिएर गाडी छनोट गर्दा समस्या हुनेछैन ।
तपाईंले समयमा नै सर्भिस पाउने ग्यारेन्टी भएको खण्डमा धेरै कुराको तनाव लिइरहनु पर्दैन । साथै, बिक्रीपछिको सेवाको लागि तिर्ने मूल्य पनि निकै महत्वपूर्ण हुन्छ । त्यसैले सर्भिसको सुविधा र खर्चको विषयमा पनि ज्ञान राख्नु उचित हुन्छ ।
ब्राण्डको प्रतिबद्धता खोजौं
सवारी साधन केवल यात्राको माध्यम होइन, प्रगतिको प्रतीक पनि मानिन्छ । जब नागरिकहरूले आफ्नो दैनिक यात्रामा निश्चिन्त महसुस गर्छन्, त्यति बेला उत्पादकत्व वृद्धिमा सहयोग पुग्छ । यो कुरा गाडी चार्जिङ, इन्धन छनोट वा बिक्रीपछिको सेवा सुविधाले धेरै भर पार्छ ।
पारदर्शी बिक्रीपछिको सेवा र ब्राण्डको दीर्घकालीन प्रतिबद्धताले समाजमा विश्वास भरोसा र स्थिरता ल्याउँछ । गाडी बिक्रेताहरूसँग भएको दक्ष जनशक्तिको अवस्था, सहज रूपमा पार्टपुर्जाको उपलब्धता र बजारमा स्थायी उपस्थिति ध्यान दिएर गाडी छनोट गर्दा समस्या हुनेछैन ।
गाडी बिक्रेताले सवारीसाधन बिक्री गर्ने मात्र होइन, आफ्ना ग्राहकहरूलाई मानसिक शान्ति पनि प्रदान गर्न सक्नुपर्छ । यसले ग्राहकलाई मात्र होइन, समाज र अर्थतन्त्र दुवैलाई मजबुत बनाउँछ ।
विद्युतीय होस् वा पेट्रोलियम पदार्थबाट चल्ने गाडी किन्ने निर्णय गर्नु अघि हरेक खरिदकर्ताले आफैँलाई एक सरल प्रश्न सोध्नुपर्छ, कुन विकल्पले मलाई आगामी ५ वर्षमा बढी समय पिस अफ माइण्ड दिनेछ ? किनभने अन्ततः, यो केवल तपाईंको सवारी कति यात्रा गर्न सक्छ भन्ने कुरा मात्र होइन, तपाईंको मन कति ढुक्क भएर यात्रा गर्छ भन्ने कुरासँग जोडिने छ ।
थपलिया नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर हुन् ।

