भारतमा ७ महिनामै बिक्यो १ लाख ईभी कार, तीन ब्राण्ड बीच कडा प्रतिस्पर्धा

काठमाडौं । भारतीय बजारमा कार पारखीहरु विद्युतीय सवारी साधन (ईभ)प्रति आकर्षित हुन थालेका छन् ।

चार्जिङ पूर्वाधारमा सुधार, बनारमा लामो दूरी रेन्ज र हाइटेक फिचर भएका कारको आवगनम, घट्दो मूल्यका कारण ईभीप्रति आकर्षण बढेको हो ।

चालु आव (सन् २०२५ अप्रिल-सेम्टेम्बर) ७ महिनामै भभारतीय बजारमा १ लाख ४ हजार २० युनिट ईभी कार बिक्री भएको छ ।

भारतीय बजारमा दर्जनौं ब्राण्डका ईभी बिक्री हुँदै आएका छन् । तीमध्ये टाटा, एमजी र महिन्द्रा बीच कडा टक्कर देखिएको छ ।

७ महिनामा टाटा मोटर्सले सबैभन्दा धेरै ४० हजार १०८ युनिट ईभी बिक्री गरेको छ । कुल ईभी बजारमा टाटाको हिस्सा ३८.५६ प्रतिशत रहेको हो । टाटाले हाल पंच, नेक्सन, कर्भ, टियागो, ह्यारियर ईभी बिक्री गरिरहेको छ । चाँडै सियरा ईभी पनि बजारमा ल्याउँदै छ ।

टाटालाई पछ्याउँदै जेएसडब्लस् एमजी दोस्रो स्थानमा रहेको छ । एमजीले ७ महिनामा २९ हजार ५३० युनिट ईभी बेचेको छ । भारतीय ईभी बजारमा एमजीको हिस्सा २८.३९ प्रतिशत रहेको छ । एमजीले जेडएस ईभी, विन्डसर ईभी, एम ९ ईभी, साइबरस्टर ईभी बिक्री गर्दै आएको छ ।

तेस्रो स्थानमा २१.२९ बजार हिस्सासहित महिन्द्रा रहेको छ । महिन्द्राले ७ महिनामा २२ हजार १४१ युनिट ईभी बेचेको छ । महिन्द्राले एक्सयूभी ४००, एक्सईभी ९ ई, बीई ६ लगायत ईभी बिक्री गर्दै आएको छ ।

चौथो स्थानमा हुन्डाई रहेको छ । हुन्डाईले ७ महिनामा ३ हजार ७८९ युनिट ईभी बेचेको छ । हुन्डाईले क्रेटा ईभी, आयोनिक फाइभ, कोना ईभी बेचिरहेको छ ।

चिनियाँ ब्राण्ड बीवाइडी पाँचौं स्थानमा रहेको छ । बीवाइडीले यस अवधिमा ३ हजार ३४२ युनिट ईभी बेचेको छ । बीवाइडीका डल्फिन, सिलायन, सिगल, एटो वान, एटो टु, एटो थ्री लगायत ईभी उपलब्ध छन् ।

त्यस्तै, किया १ हजार ७६३ युनिट, मर्सिडिज बेन्च ६१२ युनिट, पीसीए अटोमाबाइल्स ३५० युनिट, भोल्भो १९० युनिट, भिनफास्ट १३१ युनिट, टेस्ला १०४ र स्टेलान्टिस ५२ युनिटसहित क्रमशः शीर्ष दशमा रहेका छन् ।

७ महिनामा अन्य ब्राण्डले १७२ युनिट ईभी बेचेका छन् ।


Back_to_top