काठमाडौं । स्मार्ट फोनमा गेम खेल्ने निकै धेरै मानिस रहेका छन् । यस्तोमा कुन गेम छानेर राख्ने भन्ने अन्यौलमा हुनुहुन्छ भने हामी ५ उत्कृष्ट रेसिङ गेमको जानकारी दिन गइरहेका छौं ।
रेसिङ गेम युवाहरुको रोजाईमा पर्ने गरेको हुन्छ । यस्तोमा उत्कृष्ट गेम सजिलै छनोट गरेर खेल्न सजिलो हुने छ ।

१. सिएसआर रेसिङः यो रेसिङ गेममा सबैभन्दा छिटो कुदाउन सकिने गेम हो । यसमा चालकले थुप्रै भेरियन्टका कारको प्रयोग गर्न सक्ने छन् । यसमा सामान्य ह्याचव्याक देखि ठूलो हाइपर कारसम्म कुदाउन पाइने छ ।

२. रियल रेसिङ ३ः रियल रेसिङ ३ खेलमा रियल ट्रायक, रियल कार र रियल टर्निङ पार्टसका कारण खेलाडीले निकै मनोरञ्जन प्राप्त गर्न सक्ने छन् । यस खेलमा १०० कार मध्येबाट छानेर चलाउन पाइने छ । यो गेम २०१३ बाट बजारमा आएको हो । अहिलेपनि यो उत्कृष्ट रेसिङ गेममा पर्छ ।

३. आस्फल्ट ९ः आस्फल्ट सिरिज गेम हो । ‘निड फर स्पीड’ स्लोगनको साथ उपलब्ध यो खेलपनि निकै चर्चित गेम हो । यो खेलमा ट्रकदेखि कारसम्म छनोट गरेर चलाउन पाइन्छ ।

४. हिल क्लाइबिङ रेसिङ २ः यदि तपाई सामान्य रेसिङ गेम खेल्नु हुन्छ भने हिल क्लाइबिङ रेसिङ २ ठिक हुन्छ । यो खेलमा अफरोड एसयूभी चलाएर मज्जा लिन सकिने छ ।

५. ग्रिड अटो स्पोर्टः यो पनि उत्कृष्ट रेसिङ गेममा पर्छ । ग्रिड अटोस्पोर्टमा तपाईले १०० कार र १०० ट्रक उपलब्ध रहेका छन् । तर, यो खेल डाउनलोड गर्न पैसा तिर्नु पर्ने हुन्छ ।


