काठमाडौं । हुन्डाईले आफ्नो प्रिमियम ह्याचव्याक कार आई ३० भारतमा बिक्री गर्ने भएको छ । यसअघि भारतका विभिन्न स्थानमा परिक्षणको क्रममा देखिएको भएपनि सार्वजनिक भने भएको थिएन ।
अहिले यसको अटोमोटिभ रिर्सच एसोसिएसन अफ इन्डिया (एआरएआई) ले माइलेज परिक्षण गरिरहेको छ । योसँगै अब चाँडै यसलाई भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको हो ।
यूरोपियन बजारमा निकै सफल रहेको आई ३० निकै ठूलो साइजको ह्याचव्याक कार हो ।
आई ३० मा १.६ डिजेल इन्जिन दुई पावर यूनिटमा उपलब्ध रहने छ । यसमा रहेको फोर सिलिण्डर टर्बो इन्जिनले अधिकतम ११५ बीएच र १३६ बीएच पावर प्रदान गर्छ । यसमा गियरबक्स पनि दुई अप्सन ६ स्पीड म्यानुयल र ७ स्पीड डियूल क्लच दिइएको छ ।
कम्पनीले यसलाई १.० लिटर टर्बो र १.४ लिटर नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन उपलब्ध रहने छ ।


