थिचिएको पेट्रोल कार, एक वर्षमा कति आयो ?

काठमाडौं । पेट्रोल कारको बिक्री निरन्तर गिरावट आइरहेको छ । विद्युतीय कारको बिक्रीमा बढोत्तरीसँगै पेट्रोल कारको बिक्री खुम्चेको हो ।

बिक्रम सम्बत् २०८० बैशाख १ गतेदेखि २०८० चैत मसान्तसम्मको आयातलाई आधार मान्दा इलेक्ट्रीक कारले पेट्रोललाई पछाडि छाडेको हो । एक वर्षको अवधिमा १३ हजार १८ यूनिट सवारीसाधन आयात भएको थियो ।

एक वर्षमा आयात भएको कुल संख्याको ३२.४६ प्रतिशत पेट्रोल कार आयात भएको छ । एक वर्षको अवधिमा ४ हजार २२६ यूनिट पेट्रोल कार आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो संख्यामा एम्बुलेन्सको आयात पनि जोडिएको छ ।

सोही अवधिमा ८ हजार ७९२ यूनिट विद्युतीय कार आयात भएको छ । यसको बजार हिस्सा ६७.५३ प्रतिशत पुगेको हो । विद्युतीय कारमा उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलको आयात खुम्चेको हो ।


Back_to_top