जापानी अटोमोबाइल कम्पनी टोयोटाले पनि अब कम्प्याक्ट एसयूभी सेगमेन्टमा आउने तयारी सुरु गरेको छ ।
कम्पनीले आफ्नो नयाँ कम्प्याक एसयुभी ‘सी–एचआर’को फोटोहरु सार्वजनिक गरेको छ । सी–एचआरको मतलब कुपे हाई राइडर वा कम्प्याक हाई राइडर हो । यो ज्वैलरीको थिममा बनेको एसयुभी हो । टोयोटाको चीफ इन्जिनियर हिरोयूकी काबाका अनुशार सी–एचआर मोडल एक सेक्सी डायमण्ड थिमको हिसाबले बनाएको हो ।
यो थिम कारको भित्री र बाहिरी दुबै तर्फको लुुक्समा झल्किएको छ । कोबाका अनुशार कम्प्याक युटिलिटी भेइकलको खरिद गर्ने ग्राहकहरुले अलग प्रकारको डिजाईनको माग गर्ने गर्छन् ।
उनका अनुशार यसलाई केही टुइस्ट गरेर प्रस्तुत गरिएको छ । ‘यो गाडी पहिलो नजरमा मन पर्यो भने मन परि हाल्छ तर, एक पटकको हेराईमा मन परेन भने जीन्दगीभर मन नपर्न सक्नेछ ।
यसको कन्सेप्ट डिजाईन पहिलो पटक पेरिश मोटरशोमा २०१४ मा र फ्रैकफर्ट मोटर शोमा २०१५ मा देखाईएको थियो । यसको उत्पादन मोडल भने जेनेभा मोटर शो लसएन्जल अटोशोमा २०१६ मा पेश गरिएको थियो ।
यसको उत्पादन सुरुमा जापान र टर्किको फ्याक्टीबाट शुरु भएको हो । तर २०१७ अन्त्यबाट थाईल्याण्डमा पनि यसको उत्पादन सुरु भएको छ । २०१८ बाट इन्डोनेसियाको मार्केटमा पनि यो उपलब्ध भईसकेको छ ।
फिचर
अटोमेटिक हेडल्याम्प, फलोमी होम हेडल्याम्प, रिभर्स सेन्सर तथा क्यामरा, एलईडी डेलाइट रनिङ लाईट्स, अटोमेटिक हाइबीम, कु्रजकन्ट्रोजस्ता फिचरहरु यसमा रहेका छन् ।
सत्र इन्चको एलोय ह्वील दिइएको यो एसयूभीमा प्री कलीजन असिस्टेन्ट, स्वचालित इमर्जीन्सी बे्रकिङ्ग सिस्टम, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर अलर्ट विथ स्टेरिङ कन्ट्रोल, रोड साइन एसिस्टेन्ट, एबिएस तथा भेइकल स्टेबिलिटी कन्ट्रोल जस्ता सुरक्षा सुबिधा रहेका छन् ।
यसमा डायमण्ड थिमको हेडलाईन, ड्यास तथा ढोकाको ट्रीमप्याटनमा गरिएको प्रयोगले गाडीलाई थप आकर्षण बनाएको छ ।
इन्टेरियर
यो एसयुभी बाहिरबाट जति अलग र शानदार देखिन्छ, यसको क्याविन पनि आकर्षक र अलग किसिमकै रहेको छ । यो टोयोटाको हालसम्मका कारहरु भन्दा अलगै शानदार क्याविन क्वालीटी भएको कार हो ।
सी–एचआरको सेन्टर कन्सोल चालकलाई ध्यानमा राखेर एकदमै सजिलो हुने किसिमले बनाईएको छ । ड्यासबोर्डमा इलेक्ट्रीक ब्लु लाईन रहेको छ । जुन एक साइडको ढोकादेखि अर्को साइडको ढोकासम्म पुगेको छ ।
यसको ड्यासबोर्डमा पियानो व्ल्याक प्यानल पनि दिएको छ । यसका रहेको ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टममा टच टु मल्टीमिडिया कनेक्टीभीटी फिचर दिइएको छ ।
यसमा ५७६ वाटको नौवटा स्पिकर सहितको जेबिएल अडियो सिस्टम रहेको छ ।
हाईब्रिड
टोयोटाले यो मोडलको धेरै हाईब्रिड कारहरु युरोपको बजारमा बिक्री गरिरहेको छ । यसले टोयोटाको विश्व बजारमा हाईब्रिड कारहरुको बिक्री लक्ष्यको आधा हिस्सा यो दशकसम्ममा पुर्याउने जनाएको छ ।
यसमा १.२ लिटरको टर्बोचार्ज पेट्रोल इन्जिन रहेको छ, जसले ११४ बीएचपी पावर र १८५ एनएमको टर्क उत्पादन गर्छ । टप मोडलमा भने १.८ लिटरको हाइब्रिड टेक्नलोजी रहेको छ, जसले १२२ बीएचपी पावर उत्पादन गर्छ । टोयोटाले अमेरिकी बजारको लागि भने २ लीटरको इन्जिनमा यसलाई बनाएको छ । यो ६ म्यानुअल गियर तथा सीभीटी अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ ।
यसको भारतीय बजारमा टेस्टीङ्ग भईरहेको फोटोहरु हालै मात्र बाहिर आएको थियो । यो २०१९ को अन्त्यसम्म भारतमा उपलब्ध हुने अनुमान लगाईएको छ । यसको प्रतिस्पर्धा टप मोडलका जीप कम्पास, तथा आउदै गरेको होन्डा सिआरभी तथा हुन्डाईको टुसानसँग हुनेछ ।
सन् २०१७ मा जापानमा १ लाख सत्र हजार २९९ वटा बिक्री भएर बेस्ट सेलीङ्ग भएको यो एसयूभी भारतीय तथा नेपाली बजारमा पनि राम्रो बिक्री हुने अनुमान गर्न सकिन्छ ।


